
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १८ भदौं
नेपाललाई पराजित गरी भारत सुपर ४ मा प्रवेश गरेका छन् । नेपालको यो पहिलो भारतसँगको म्याचमा नेपाल हारे पनि नेपाली जनता नेपाली टीमको ब्याटीङगले रोमाञ्चित भएका थिए । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा अलआउट हुनुअघि दुई सय ३० रन बनायो । यता भारतले वर्षाको कारण २३ ओभरमा १४५ रनको लक्ष्यमा २०.१ ओभरमा १४७ रन बनाई १० विकेटले जित हात पारे । नेपालका लागि आसिफ शेखले ५८ रनको योगदान गरे । सोमपाल कामीले ४८ रन बनाए । कुशल भुर्तेलले ३८ रन जोडे ।