संत रामपालजी महाराजको अवतरण दिवस मनाइदै – Jaleshwortoday

संत रामपालजी महाराजको अवतरण दिवस मनाइदै

 २० भाद्र २०८०, बुधबार १९:५१  
hh

जलेश्वरटुडे समाचारदाता
धनुषा, २० भाद्र

संत रामपालजी महाराजको अवतरण दिवस विभिन्न ठाउँहरुमा मनाइदैछ । यसै अवसरमा मिथिला नगरपालिका अन्तर्गत धनुषाको बेलाचापीमा रहेको आश्रममा समेत ३ दिवसीय विभिन्न कार्यक्रमहरुको साथै विशाला भण्डाराको आयोजना गरिएको आयोजकले जानकारी गराएका छन् ।

आजभन्दा ६२६ बर्ष पहिले स्वयं कबीर साहेब पृथ्वीमा अवतरित भै १२० बर्ष सम्म लिला गरी सशरीर सतलोक जानु भयो । त्यस समयमा विभिन्न लिला गर्दै काल ले गायव पारेको सुक्ष्म वेद जसमा वास्तविक पूर्णब्रह्म को पहिचान र सतलोक जाने पूजा विधी थियो। त्यसलाई पुनः लोक भाषामा रचना गर्नु भयो । जुन कबीर सागरको नामबाट प्रसिद्ध छ । त्यही कबीर सागरमा उल्लेख भए अनुसार जब कलीयुग ५५०५ वर्ष बित्छ । त्यसबेला म अथक्क मेरो प्रिय आत्मालाई फेरी यस पृथ्वीलोकमा पठाउनेछु । त्यसले सत भक्ति गराएर विश्वलाई मोक्ष प्रदान गराउनेछ भनि लेखेर जानुभयो । सोही अनुरूप जब कलीयुगको ५५०५ वर्ष वित्यो तव स्वयं पूर्ण परमात्मा पृथ्वीमा सेप्टेम्बर ८ तारिखमा भारतको हरियाणा प्रान्तको सोनीपत जिल्ला स्थित धनाना गाउँको एक किसान परिवारमा अवतरित हुनुभयो र आम जनसाधारणको जीवन लिला गर्दै एक इन्जीनियरको पेशामा लाग्नु भयो । कबीर साहेबजीको निर्धारित समय आएपछि उहाँ सत भक्ति मार्गमा लागेर तत्वदर्शी सन्तको रुपमा प्रख्यात हुनुभयो र सन्सारमा सतभक्तिको सन्देश दिदै करौडौ मनुष्यहरुको उद्धार गरि सतलोक प्राप्तिको बाटो देखाउनु भयो ।

त्यसैको संझनामा हरेक वर्ष सेप्टेम्बर ६, ७, ८ तारिखमा भव्य रुपमा संत रामपालजी महाराजको अवतरण दिवस मनाइन्छ । त्यही प्रत्रिया अन्तंगत यसपाली पनि भदौ २०, २१ र २२ गते नेपाल लगायत विदेशका विभिन्न ठाउँमा यो कार्यक्रम भव्यताका साथ मनाइदै छ । सतलोक आश्रम नेपालको धनुषामा यो तिन दिने कार्यक्रममा गरीबदास जीको पवित्र ग्रन्थको तिन दिवसीय पाठ, विशाल खुला भण्डारा, अखण्ड घ्युको दीप प्रज्वलन, रक्तदान कार्यक्रम एवं बाइजो रहित विवाह र निःशुल्क मन्त्र दीक्षा भइरहेको छ । यस विशाल कार्यक्रममा भाग लिन सम्पूर्ण नेपाल भारतको विहार पश्चिम बंगाल सिक्कीम लगायत अन्य देशबाट पनि भक्त आत्माहरुको लर्को लागेका छन ।

तिन दिनसम्म भव्य रुपमा सम्पन्न हुने यस कार्यक्रममा विशिष्ट व्यक्तित्व,प्रशासनिक क्षेत्रका विशेष कर्मचारी विभिन्न सुरक्षा बलका व्यक्तित्वहरुका सहभागिता रहेको छ ।

भाद्र २३ गते सम्पन हुने कार्यक्रममा २० गते देखि नै ध्युको लड्डु प्रसादको रुपमा खवाई प्रसाद लैजाने सम्म व्यवस्था छ । करीब डेढ लाख भन्दा माथी सहभागिता रहेको यस पवित्र कार्यक्रममा कबीर साहेब तथा संत रामपाल जी महाराजको जीवनको विशेष क्षणहरुलाई तस्वीर मार्फत चित्रण गरिएको छ । यसमा प्रकाण्ड विद्दानहरुबाट शास्त्र अनुकूल भक्ति विधीको प्रमाण समेत सम्झाइने छ ।