शान्ति व्यवस्था कायम गर – Jaleshwortoday

शान्ति व्यवस्था कायम गर

 २० भाद्र २०८०, बुधबार १९:५८  
Pavan Personal Photo

प्रा.पवन कुमार साह

महोत्तरीको सोनमा गाउँपालिका भवन अगाडी मंगलबार विद्यार्थीहरुद्वारा गरिएको प्रदर्शन उग्र रुप लिए पछि अवस्था विग्रिएको बुझिएको छ । विद्यार्थीहरुका अनुसार सोनमा गाउँपालिकाको अध्यक्ष विशेश्वर प्रसाद यादवले केहि राम्रा शिक्षकहरुलाई सरुवा गर्न खोजेको जानकारी पाएपछि सो शिक्षकहरुको सरुवा रोकाउनको लागि आफूहरु विरोध गरेको बताए छन्् । सोही क्रममा विद्यार्थीहरुले २ वटा स्थानिय मोटरसाइकलमा आगो लगाई जलाएका छन् भने प्रहरीले मंगलबार अश्रुग्यास छोडेर भिडलाई तितरवितर पार्न खोजेका थिए । सोही क्रममा केहि विद्यार्थीहरु तथा प्रहरी समेत घाइते भएर नजिकको अस्पतालमा भर्ना गरिएका थिए ।
अब विद्यार्थीहरुसँग रहेको समस्यालाई समाधान गर्न गराउन पालिकाको शिक्षा शाखा प्रमुख तथा त्यस विद्यालयको प्रधानाध्यापक स्वयंले विद्यार्थीहरुसँग छलफल गरी निदान गर्न तर्फ ध्यान दिन आवश्यक रहेको देखिन्छ । यदाकदा यदि राम्रा शिक्षकहरुको सरुवा प्रक्रिया शिक्षकको मन्जुरी बिना अगाडी बढाइएको छ भने त्यसलाई अविलम्ब रोकी विद्यार्थीहरुलाई विश्वास दिलाई ती शिक्षकहरुलाई सरुवा गरिदैन भनेर आश्वासन दिन आवश्यक रहेको देखिन्छ । यसको लागि पालिकाको अध्यक्षले नै गर्नु पर्छ भन्ने होइन । यदि यो समस्याको शुरुवात अध्यक्षबाट भएको छ भने अध्यक्ष स्वयंले विद्यार्थीमूखि निर्णय गरी शान्तिपूर्ण रुपमा पठनपाठ्न शुचारु गर्न गराउन आवश्यक रहेको देखिन्छ । विद्यार्थीहरुले स्वयंले सामुहिक छलफलबाट आएको निर्णयलाई स्वागत गरी आफ्नो भविष्य निर्माणमा अगाडी बढन आवश्यक रहको देखिन्छ । घाइते विद्यार्थीहरुको स्वास्थ्य उपचारमा पालिकाले ध्यान दिन आवश्यक छ ।