सन्त रामपालजी महाराजको अवतरण दिवसमा भयो दाइजोमुक्त सामुहिक अन्तर्जातीय विवाह, रक्तदान र विशाल भण्डारा – Jaleshwortoday

सन्त रामपालजी महाराजको अवतरण दिवसमा भयो दाइजोमुक्त सामुहिक अन्तर्जातीय विवाह, रक्तदान र विशाल भण्डारा

 September 7, 2023  
ff

जलेश्वरटुडे समाचारदाता
धनुषा, २१ भाद्र

nn

धनुषाको मिथिला न.पा.- २, बेलाचापी स्थित सतलोक आश्रम धनुषामा पूर्णब्रह्म कबीर उपासक समाज, नेपालको आयोजनामा जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको ७३ औं अवतरण दिवसको उपलक्ष्यमा आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा कार्यक्रमको दोस्रो दिन ९ नव जोडीहरुको दाईजो तथा आडम्बरमुक्त सामुहिक अन्तर्जातीय विवाह (रमैणी) गराइएको छ भने सन्त रामपाल जी महाराजका अनुयायीहरुले ७५ युनिट रक्तदान पनि गरेका छन। यस विवाहमा बेहुला अथवा बेहुली कुनै पक्षको एक रुपैयाँ पनि खर्च नहुने र शुद्ध शाकाहारी भोजनको व्यवस्था पनि आश्रम कै तर्फबाट हुने भएकोले समाजमा छोरी बोझ होइनन् भनेर दाइजो प्रथा अन्त्य गर्ने महत्वपूर्ण सन्देश दिनुको साथै कन्या भ्रुण हत्या जस्तो घृणित कार्यलाई पनि सन्त रामपालजी महाराजले समाप्त गरिरहनु भएको छ। विश्वभर करोडौंको संख्यामा रहेका उनका अनुयायीहरुले उनको सर्व नियम पालना गर्ने गर्छन। समाजमा व्याप्त सबै किसिमका विकृति तथा समस्याहरुलाई समाप्त गरी सुख शान्ति कायम गर्नु र वास्तविक आध्यात्मिक मार्ग प्रदान गर्नु नै सन्त रामपाल जी महाराजको मुख्य उद्देश्य रहेको कुरा पनि अनुयायीहरुले जनाएका छन् । कार्यक्रममा लाखौंको संख्यामा नेपाल भारत लगायत विभिन्न देशहरूबाट श्रद्धालुहरु सहभागी भए भने मधेस प्रदेश सभा सांसद रामबाबु यादव ज्यू लगायत विभिन्न निकायका उच्च अधिकारी र विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति रह्यो।

पूर्णब्रह्म कबीर उपासक समाज नेपाल द्वारा यस्ता कार्यक्रमहरु समय समयमा गराइरहेको र यस्ता कार्यक्रमले समाजलाई विकृतिमुक्त बनाउन एउटा प्रभावकारी दिशानिर्देश गरेको कुरा पनि संस्थाका अध्यक्ष कुमार दासले जनाएका छन् । दाइजोप्रथा, नशा सेवन, मांसाहार , भ्रष्टाचार, आदी सबै किसिमका विकृतिहरुबाट मुक्त गराई स्वच्छ, सभ्य, सुखी समाज निर्माण गरी धरतीलाई स्वर्ग बनाउने उद्देश्य पुरा गर्न सन्त रामपाल जी महाराज ले अनेकौं कष्टहरु संहदै ठुलो संघर्ष गरिरहनुभएको कुरा कार्यक्रममा लगाइएको प्रदर्शनीका माध्यमबाट देखाइएको छ।

कार्यक्रममा आउने सर्व अतिथिका लागि शुद्ध घ्युमा बनेका लड्डु, हलुवा प्रसाद,पूरी,तरकारी आदी भण्डाराका साथै परम सन्त रामपालजी महाराज द्वारा लिखित ज्ञान गंगा, गीता तिम्रो ज्ञान अमृत, जीउने मार्ग जस्ता पुस्तकहरुको सेवा पनि कार्यक्रममा गरिएको छ। आश्रममा सबै सेवा सुविधाहरु सर्व आगन्तुकका लागि नि:शुल्क रुपमा नै व्यवस्था गरिएको छ।