लाखौंको सहभागीतामा सम्पन्न भयो सन्त रामपालजी महाराजको अवतरण दिवस – Jaleshwortoday

लाखौंको सहभागीतामा सम्पन्न भयो सन्त रामपालजी महाराजको अवतरण दिवस

 २२ भाद्र २०८०, शुक्रबार २०:२९  
jj

जलेश्वरटुडे समाचारदाता
धनुषा, २२ भाद्र्र

mm

धनुषाको मिथिला नगरपालिका-२ मा स्थित सतलोक आश्रम धनुषामा पूर्णब्रह्म कबीर उपासक समाज नेपालको आयोजनामा जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको ७३ औं अवतरण दिवसको उपलक्ष्यमा भदौ २० गते प्रारम्भ भएको तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा कार्यक्रम आज शुक्रबार भोग आरती गरी समापन भएको छ। आदरणीय सन्त गरीबदासजी महाराजको अमरवाणीहरुको अखण्ड पाठको आज अन्तिम दिन परमात्माको भोग लगाई समापन गरिएको छ। समापन पछि ३ घण्टाको सन्त रामपालजी महाराजको सत्संग प्रवचन श्रवण गरेर हलुवा प्रसाद तथा भण्डारा ग्रहण गरी श्रद्धालुहरु घर फर्किएका छन् । यस कार्यक्रममा दाईजो तथा आडम्बरमुक्त सामुहिक अन्तर्जातीय विवाह (रमैणी), रक्तदान, विशाल भन्डारा,आध्यात्मिक प्रदर्शनी जस्ता विभिन्न कार्यक्रमहरु समावेश गरिएका थिए। कार्यक्रमको अन्तिम दिन पनि एक नव जोडीको रमैणी विवाह गराइएको थियो।

सन १९५१ सेप्टेम्बर ८ को दिन सन्त रामपालजी महाराजले यस धरतीमा एक किसान परिवारमा अवतार धारण गर्नुभएकोले यस दिनलाई उहाँको अवतरण दिवस भनेर हरेक वर्ष ८ सेप्टेम्बर मा मनाइने गरिन्छ। समाजमा एउटा नयाँ आध्यात्मिक ज्ञानको क्रान्ति ल्याउने, हरेक प्रवचनको शास्त्रबाट सटिक प्रमाण दिने र संघर्षमा कहिल्यै पछि नहट्ने सन्त रामपालजी महाराजको विशेषता रहेकोले गर्दा उनका अनुयायीहरु दिनप्रतिदिन हजारौंको संख्यामा बढदै गएको उनका अनुयायीहरुको भनाई छ। वर्तमानमा पनि विश्वलाई सुखी समृद्ध बनाउन उहाँ दिनरात संघर्षरत रहनुभएको र तत्वदर्शी सन्तको रुपमा शास्त्रानुकुल भक्ति विधि बताइरहनु भएको छ जसले सर्व लाभ प्राप्त भैरहेकाले उनको लोपृयता बढ्दै गएको संस्थाका उपाध्यक्ष केशव प्रसाद दास ज्यूले जानकारी दिनुभएको छ।

नेपाल लगायत भारतको विहार,उत्तर प्रदेश, सिक्किम, असाम, पश्चिम बंगालका साथै क्यानडा,अस्ट्रेलिया,अमेरिका,जापान जस्ता देशहरुबाट पनि लाखौंको संख्यामा अनुयायीहरु सहभागी भएका थिए। कार्यक्रमको अन्तिम दिन पूर्व स्वास्थ्य मन्त्री सुरेन्द्र प्रसाद यादव ज्यू लगायत विभिन्न निकायका उच्च अधिकारी र विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति रह्यो। घर फर्किने सर्व अतिथिका लागि शुद्ध घ्युमा बनेका लड्डु प्रसादको प्याकेटहरु घर लैजानका लागि दिइएको थियो।