सोनमा गाउँपालिका र नेपाल शिक्षक महासंघ बिच ६ बुदें सहमती, आइतवार देखि विद्यालय संचालन हुने – Jaleshwortoday

सोनमा गाउँपालिका र नेपाल शिक्षक महासंघ बिच ६ बुदें सहमती, आइतवार देखि विद्यालय संचालन हुने

 २३ भाद्र २०८०, शनिबार २१:४२  
mmm

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २३ भाद्र

सोनमा गाउँपालिकामा गत मंगलवार भएको प्रहरी र विद्यार्थी बीच भएको झडप सम्बन्धमा नेपाल शिक्षक महासंघले गरेको दुई दिने विद्यालय बन्द कार्यक्रम स्थगित गरेको छ।
शनिवार सोनमा गाउँपालिका र नेपाल शिक्षक महासंघ सोनमा बीच विभिन्न ६ बुदें सहमती भएपछी शुक्रवार देखि बन्द रहेका विद्यालय आइतवार बाट संचालन हुने भएको छ।
झडपमा घाइते भएका विद्यार्थीहरुको उपचार खर्च गाउँपालिकाले व्योहोर्ने, पक्राउ परेका विद्यार्थी र अभिभावकको रिहाइको लागि पहल गर्ने, अबिलम्ब स्वयं सेवक शिक्षकको व्यवस्था गर्ने, स.ज.मा. वि का विद्यार्थीसंग भएको सम्झौता कार्यान्वयन गर्ने, ने.शि.म. संघ संग थप विषयमा व्यापक छलफल गर्ने र आइतवार देखि विद्यालय पुर्वत संचालनमा ल्याउने सहमती भएको छ।
सहमतीमा सोनमा गाउँपालिकाको तर्फ बाट निमित प्रमुख प्रशासकिय अधिकृत पप्पु कुमार यादव र नेपाल शिक्षक महासंघको तर्फ बाट अध्यक्ष सुर्यदेव यादवले हस्ताक्षर गर्नु भएको छ।