कांग्रेस रौतहटद्वारा आज बीपी जयन्तीको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइयो - Jaleshwortoday

Agua caliente crypto casino reviews

  1. Pay By Phone Bill Bingo Uk: And bear in mind our earlier advice to set up the details, even with pay by phone casino payments, when you have a little time to think and survey the market.
  2. Lera Casino Bonus Codes 2025 - It's simply fantastic, and we wouldn't blame anyone for calling the brand the 'King of Mobile Casino'.
  3. Casino Slots Real Money App: If you use Cash to Code in Europe, you initiate the payment in your chosen online casino.

What does shooting craps mean

Free Buffalo Slots Australia
The casino software can be downloaded in just a couple of minutes, and once the download is finished the casino opens with an intro movie.
Lincoln Casino Canada
Finally, the 90K Yeti Gigablox slot comes with a buy feature, where you can select from four buy feature modes offering five free spins, 10 free spins, 20 free spins, or a giga summon spin.
There have been noticeable and much appreciated developments on its site, particularly on the over all gaming atmosphere and theme.

Melbourne justice crypto pokies

Best Uk Casino List
Our research team has proven that bonuses are much more effective.
Best Free Casino App For Iphone
One such measure was limiting the number of rounds from 15 to 12.
New Casino Welcome Bonus Uk

कांग्रेस रौतहटद्वारा आज बीपी जयन्तीको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइयो

 २५ भाद्र २०८०, सोमबार ०७:५३  
3

चन्दन कुमार महतो
रौतहट, २४ भाद्र्र

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइँदैछ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।

बीपी जयन्तीका सम्झनामा नेपाली कांग्रेस रौतहटले जिल्लामा अवस्थित अस्पतालहरुमा फलफुल वितरण गरी मनाएको छ । “रौतहटको सदरमुकाममा रहेको प्रादेशिक अस्पताल गौरमा नेपाली कांग्रेस रौतहटका सम्पुर्ण कार्यकत्ता सहित हामीले फलफुल वितरण गरी शान्तिको प्रतिक ,मायाको प्रतिकको स्वरुपमा बीपी ज्यूलाई सम्झना गरेका छौं । ” पार्टिका रौतहट जिल्ला सभापति सुनिल यादव (जितेन्द्र)ले बताउनु भयो ।

भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय बने । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । प्रजातन्त्र स्थापनाको मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भयो ।

क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बीपी गृहमन्त्री बने । विसं २०१५ को आम निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । प्रधानमन्त्रित्व कालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्दै किसानको पक्षमा महत्वपूर्ण कार्यक्रम घोषणा गरेका थिए ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइयो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रवाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको राष्ट्रिय मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक रहेको  छ ।

नेपाली कांग्रेसका लागि बिपि उर्जाका स्रोज हनु । सोही स्वरुप पार्टीले पनि बिपिका विचार, बिपीका सिधान्त बोकेको कारण आजको दिनलाई सम्झाना गरी नेपाली कांग्रेस रौतहटले जन्मजयन्ती मनाएको हुनाले कांग्रेसका महाधिवेशन प्रतिनिधि चिरञ्जीवि सिंहले बताउनु भयो ।

क्यान्सर रोगले बीपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।

वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।

प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिएका थिए । बिपि जयन्तीको अवसरमा कांग्रेस प्रति आस्था राख्ने नेता, कार्यकत्ताले कुनै न कुनै रुपमा बिपीलाई सम्झना गर्नुहुन्छ । प्रादेशिक अस्पताल गौरमा भएको बितरण कुनै ठुलो राहत नभएको र बितरणको उद्देश्य नाम कमाउने समेत नरहेको नेपाल महिला संघका रौतहट अध्यक्ष अन्जु झाले बताउनुभयो । केवल सम्झनाको रुपमा मात्र अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरि मनाइएको उनले प्रष्ट पार्नुभयो ।

प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीलाई बन्दी बनाइएको सुन्दरीजल बन्दगृहलाई विसं २०६१ भदौ २४ गते बिपी संग्रहालयका रुपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्वपूर्ण चीजबीजको संकलन गरी दर्शनीय बनाइएको संग्रहालय विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुनःनिर्माण गरिरहेको छ ।

संग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ को क्रान्तिमा प्रयोग गरिएको ट्यांकर, कांग्रेसले विसं २०२९ जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ ।

आजको उक्त कार्यक्रममा नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति सुनिल यादव (जितेन्द्र), जिल्ला समन्वय समितिका सभापति राम अयोध्या यादव, नेपाल मुस्लिम संघका जिल्ला सभापति मो. अब्दुल्लाह, नेपाल महिला संघको अध्यक्ष महतो उपस्तिथि रहेको थियो ।