महेश सिंह
सिरहा, २६ भाद्र
गुल्मी जिल्लाबाट सुरु भएको लघुबित संस्था विरुद्धको आन्दोलन बिगत १९ महिना देखि निरन्तर रूपमा विभिन्न जिल्लामा चल्दै आएको संघर्ष समितिका मोहोतरी जिल्ला अध्यक्ष सिलम यादवले बताए।
मोहोतरीको बर्दीबास माईस्थान स्थित हुने मधेस प्रदेश स्तरीय प्रशिक्षण भेला कार्यक्रम संघर्ष समितिका प्रदेश संयोजक अर्जुन बिश्वकर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष मणिराम ज्ञवाली रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा केन्द्रिय सचिब रमेश लामा,अतिथिहरुमा केन्द्रिय उपाध्यक्ष युवराज रसाइली,धनुषा जिल्ला अध्यक्ष मन्दिरा लामा,बिशिस्ट समितिका मनोज पौडेल, केन्द्रिय सदस्य धनिकलाल चौधरी अनिता चौधरी, गुलजार मियाँ, उमेश भक्त लगायत विभिन्न जिल्लाका जिल्ला अध्यक्ष तथा संघर्ष समितिमा लागेका सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको आयोजक कमिटीले जनाए।
कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीले भने हामी असोज ३ गतेका लागी पुर्ण रूपमा जनबिद्रोह गर्नको लागी संगठित हुनु जरुरी देखिएको बताए।लघुबित संस्थाबाट पीडित दिदीहरुले किस्ताको दिन नजिकिदै गर्दा घर छाडेर लुकेर बस्नुपर्ने अवस्था थियोे भने कतिले मानशिक तनावका कारण आत्महत्या गर्ने समेत गरे,अहिले तेही दिदीहरु आन्दोलनका कारण किस्ता बहिष्कार गरी अमन च्यनको जिवन बिताउने गरेका छ।
हामी सबैको संघर्षले गर्दा हामी देशै भरी आन्दोलन गर्न सफल भएका छौँ। ग्रामीण भेग र गाउँ -गाउँमा सलबलाउने बितीय दलालहरुको बिगबिगी निकै कम भएको अवस्था छ्।
सरकारले माग पुरा गरेन भने बर्शै बर्ष आन्दोलन जारी रहने केन्द्रिय अध्यक्ष ज्ञवालीले बताए। प्रशिक्षण दिदै लघुबित संस्था नेपालबाट उन्मुलन गरेरै छाडने नभए देशमा ठुलो जनबिद्रोह हुने सरकारलाई चेतावनी दिनुभयो।