समाज,परिवारका अग्रज अभिभावकलाई सम्मान गरियो – Jaleshwortoday

समाज,परिवारका अग्रज अभिभावकलाई सम्मान गरियो

 २७ भाद्र २०८०, बुधबार २०:१०  
7 (1)

जलेश्वरटुडे समाचारदाता
सिन्धुली, २७ भाद
जीवनको ७० बसन्तपार गरी परिवार र समाजमा अग्रजको भुमिका निर्वाहमा रहेका बृद्ध बृद्धाहरुलाई मुडुला कार्कीहरुले एक समारोहको आयोजना गरी सिन्धुलीमाडीमा सम्मान गरेका छ ।
क्षेत्री जातीमा पर्ने मुडुला कार्कीहरुको छाता साझा सस्था मुडुला कार्की कुलायन व्यवस्था समिति नेपाल कमलामाई नगर समितिको आयोजनामा भएको सो कार्यक्रममा ७० जना बृद्ध बृद्धा र एकल महिलाहरुलाई दोसल्ला ओढाई कदरपत्र प्रदान गरी सम्मान गरिएको हो ।
सो अवसरमा १ सय १ वर्षीया अग्रज बृद्धा शारदा कार्कीदेखि ७० वर्ष माथिका बृद्ध बृद्धा र एकल महिलाहरु समेत एक साथ सिन्धुलीमाडीमा भेला गरँई सम्मानसो सस्थाका कमलामाई नगर अध्यक्ष भुन कार्कीले बताए ।
कमलामाई नगर अध्यक्ष भुव बहादुर कार्कीको सभापत्विमा संचालित सो कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्नु हुदै मुडुला कार्की कुलायन व्यवस्था समिति नेपाल केन्द्रीय समितिका सदस्य शंकर कार्कीले समाज र परिवारका अग्रजहरुको सम्मान र आदर गर्न सकियो पछिल्लो पिढीका लागि नैतिक जिम्मेवारी बोध हुने कुरामाजोड दिनु भएको थियो ।
सस्थाका सदस्य नारायण कार्कीकोे संचालनमा भएको सो कार्यक्रममाा मडुला कार्की कुलायन व्यवस्था समिति नेपाल सिन्धुली जिल्ला अध्यक्ष केदारकुमार कार्की,सिन्धुली जिल्लाका पुर्व अध्यक्ष रणमर्दन कार्की,जिल्ला सदस्य ओम बहादुर कार्की,जनार्दन कार्कीले शुभकामना मन्तव्य प्रदान गर्नु भएको थियो ।