ज्ञान गंगाले विभिन्न कार्यक्रमहरु गरी मनाए ५९औंं बालदिवस – Jaleshwortoday

ज्ञान गंगाले विभिन्न कार्यक्रमहरु गरी मनाए ५९औंं बालदिवस

 २९ भाद्र २०८०, शुक्रबार २२:५०  
Exif_JPEG_420

जलेश्वरटुडे समाचारदाता
धनुषा, २९ भदौं

Exif_JPEG_420
Exif_JPEG_420

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले विभिन्न कार्यक्रमहरु गरी ५९ औं राष्ट्रिय बाल दिवस मनाएका छन् ।
राष्ट्रिय बाल दिवस २०८० बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी भन्ने भन्ने नाराका साथ बालबालिकाहरुलाई पढाई तर्फ आकर्षिक गर्न गराउन उनीहरुमा लगानी अहिले नै गरिए तिनीहरुको भोलिको भविष्य सुनौलो हुने विद्यार्थीहरुले आफ्ना धारणा राखेका थिए । त्यसैगरी यस अवसरमा ज्ञान गंगाका विद्यार्थीहरु तथा शिक्षकहरुले केक काटी जन्म दिन मनाए झै बाल दिवस मनाएका थिए । यस खुशीको अवसरमा विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए । त्यसमा विद्यालयका शिक्षिकाहरुले सहयोग गर्नु भएका थिए । विद्यालयको उपप्रधानाध्यापक सोनी साह,समन्वयकर्ता संगिता श्रेष्ठ तथा राधा साहले उपस्थित सम्पूर्ण विद्यार्थीहरुलाई टिका लगाएर हौसला बढाएका थिए ।
कार्यक्रममा विद्यालयको वरिष्ठ शिक्षक विवेकानन्द झा,नन्द किशोर शर्मा,अजय साह,विकास लाभ,शिक्षिका बबिता झा,रुची यादव,रोशनी यादव,चुन्नी देवी,रागनी ठाकुर,सपना चौधरी,कर्मचारीहरुमा बरुण साह,विद्या कर्ण,रिना ठाकुर तथा राम कुमारी मण्डलको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा विद्यालयको प्रधानाध्यापक पवन कुमार साहले बालबालिकालाई सानै देखि राम्रो वातावरण तथा शिक्षा दिईए तिनीहरु भविष्यमा राम्रो जनशक्तिको रुपमा देखापर्न सक्छ । त्यसकारण अभिभावकहरुले आफ्ना बालबालिकाहरुको जिवन सफल पार्न समग्र रुपमा सन्तुलित लगानी गर्न आवश्यक रहेको बताउनु भयो ।