सूर्या लाईफद्वारा मृतकको परिवारलाई १४ लाख मृत्युु दाबि भुक्तानी – Jaleshwortoday

सूर्या लाईफद्वारा मृतकको परिवारलाई १४ लाख मृत्युु दाबि भुक्तानी

 ११ मंसिर २०७७, बिहीबार ०१:००  
Death Claim

जलेश्वरटुडे समाचारदाता
धनुषा, १० मंसिर

सूर्या लाईफ ईन्स्योरेन्स कम्पनी लि. जनकपुर शाखाले मृतक परिवारलाई १४ लाख बराबरको चेक मृत्युु दाबि बापत हस्तान्तरण गरेको छ ।
यस शाखाले बुधबार धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ३ मा बस्ने बिमित त्रिभुबन साहको बैदेशिक रोजगारीको क्रममा खाडी मुलुक मलेशियामा असामयिक निधन भएकोमा निजको पत्नी कोशिला देवी साहलाई शाखा कार्यालयमा एउटा कार्यक्रम वीच १४ लाख बराबरको चेक शाखा प्रबन्धक विनय चन्द्र लाल कर्णले हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रममा कम्पनीका अभिकर्ताहरु,एजेन्सी मेनेजर लगायत कर्मचारीहरुको सहभागिता समेत रहेको थियो । सोही कार्यक्रममा प्रबन्धक कर्णले मृतकको आत्माको चिरशान्ति तथा परिवारप्रति धैर्य धारणको कामना समेत गर्नुभयो । अहिले विमा कम्पनीहरुमा बैदेशिक बिमाको क्षेत्रमा सूर्या लाईफ ईन्स्योरेन्स कम्पनी लि.ले पनि समयमै मृत्यु दाबी रकम विमितको परिवार भुुक्तानी गरेर बजारमा राम्रो साख सफल भएको शाखा प्रबन्धक कर्णले बताउनुभयो । वहाँले बिमा को क्षेत्रमा सूर्या लाईफ ई. कम्पनी लि.ले नेपालीहरुको व्यवहारिक र सहयोगी हुने योजनाहरु ल्याएका छन् जसको बारेमा जानकारी लिनु र अरुलाई गराउनु आवश्यक रहेको बताउनुभयो । बिमा जिवनको साथी हो वहाँले थप्नु भयो ।