अहिले कोरोना कहर नेपालमा नियन्त्रित अवस्था रहेपनि भारतसँग जोडिएका सिमानाकाहरु अहिलेसम्म बन्द नै रहेका छन्् । सिमानाका बन्दका कारण अहिले नेपाल—भारत बिचको नातागोता तथा बैबाहित सम्बन्ध प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । अहिले छठ् पर्व भर्खरै समाप्त भएको छ । छठ् पर्वको भोलिपल्ट मिथिलाञ्चलको संस्कार अनुसार छोरीको घर छठ्को प्रसाद पठाउँने चलन रहेको छ । तर सिमानाका बन्दको कारण द्वीपक्षीय सम्बन्ध कमजोर भएको छ । यसबाट जनताको मनमा क्रोध देखिएको छ । किनभने सिमानाका अहिलेसम्म बन्द गर्नुको कुनै औचित्य नरहेको सबैलाई थाहा रहेको छ । तर सरकारले अहिलेसम्म यसबारे चुप्प रहेको कारण नागरिकमा अन्तरद्वन्द्व देखिन थालेको छ । साथै अहिले परम्परागत रुपमा नेपाल भारतमा हुने गरेको बिहेबारी पूर्णरुपमा ठप्प भएको छ । यसकारण पनि द्विपक्षीय क्रोध तथा राजनैतिक विरोध देखिएको छ । यसको समाधानको लागि तीनै तहको सरकारले सिमानाका खोलाउँन पहल गर्नुपर्छ । साथै यतिबेला अन्य नागरिक समाज,बुद्धिजिबी ,पत्रकार लगायत अन्य सरोकारबालाले यस बारे बोल्न आवश्यक छ ।