सरकारी दायित्व पालना गरौं – Jaleshwortoday

सरकारी दायित्व पालना गरौं

 ११ मंसिर २०७७, बिहीबार ०७:५६  
editorial

सरकारी दाँयित्व भनेको सरकारको निर्देशनमा रहेर जनताको लागि सेवा प्रदान गर्नु हो । सरकारले आफ््नो सेवामा राखेर देश निर्माणमा सरकारी कर्मचारीहरुलाई काममा लगाएका हुन्छन् । सरकारले दिने सेवा सुविधाहरु सरकारी कर्मचारीहरु मार्फत जनता समक्ष पुग्ने गर्दछन् । त्यसकारण जनताको सेवालाई ध्यान नदिएर अन्य निजी कार्यमा लाग्नु गैरजिम्मेबारीपूर्ण रहेको हुँदा सरकारी दाँयित्व पुरा गर्न सक्नुपर्छ । सरकारले अहिले बनाएको नयाँ नियम समय र परिवेश अनुसार यथोचित देखिन्छ । यस किसिमले सरकारी कर्मचारीहरुले काम गरे कुनै पनि समस्या देश विकासको लागि नरहने तथा जनताको काम तुरुन्त हुने हुँदा कार्यमा प्रभावकारीता बढने देखिन्छ । अर्काे पक्षमा हेर्ने हो भने रोजगारीमा समेत बृद्धि हुने पक्का देखिन्छ । किनभने सरकारी कर्मचारीहरु त्यस कार्यमा नलागेपछि उपलब्ध जनशक्ति नै रोजगारी प्राप्त गर्छ । यसबाट देशमा ब्याप्त बेरोजगारी समस्या समेत धेरै हदसम्म नियन्त्रित भई देशमा आर्थिक सबलता थपिन्छ । त्यसकारण सररकारी कर्मचारीहरुले जनतामुखि कार्यमा तनमनले काम गर्न कटिबद्ध हुन आवश्यक देखिन्छ ।