भोलि विवाह गर्दै परिणिती र राघव, केजरीवालदेखि बलिउड सेलिब्रिटी उदयपुर पुग्दै – Jaleshwortoday

भोलि विवाह गर्दै परिणिती र राघव, केजरीवालदेखि बलिउड सेलिब्रिटी उदयपुर पुग्दै

 ६ आश्विन २०८०, शनिबार २१:४६  
mm

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ६ असोज

अभिनेत्री परिणिती चोपडा र आम आद्मी पार्टीका नेता राघव चड्ढाले शनिबार राजस्थानको उदयपुरमा विवाह गर्दैछन् । विवाहका लागि दुवै शुक्रबार बिहान तालको सहर उदयपुर पुगेका छन् ।

विवाहको तयारी पूरा भएको र पाहुनाहरु पनि  विवाहस्थल पुग्ने क्रम सुरु भएको छ । त्यहाँ पुगेका दुवै जोडीलाई स्वागत गर्न उदयपुर विमानस्थलमा शाही तयारी गरिएको थियो । ढोल बजाएर स्वागत गर्न बिहानैदेखि मानिस उभिएका थिए ।

दुवै जोडी बिहान साढे ९ बजे उदयपुरको दाबोकस्थित महाराणा प्रताप विमानस्थलमा अवतरण गरेका थिए । राजस्थानी शैलीमा गरिएको स्वागत देखेर दुवै खुसी देखिए । परिणितीले रातो सुट लगाएकी थिइन् । दुवैको सुरक्षालाई ध्यानमा राख्दै राजस्थान प्रहरीसँगै पञ्जाबका बडीगार्ड पनि यहाँ तैनाथ गरिएको थियो ।

उनीहरु विमानस्थलबाट सीधै होटल लीला प्यालेसतर्फ प्रस्थान गरे । यो होटल तलाउको बीचमा बनेको छ । विमानस्थलदेखि जेट्टीसम्म विशेष सुरक्षा व्यवस्था रहनेछ । शाही विवाहलाई मध्यनजर गर्दै तालको बीचमा सुरक्षा गार्ड पनि तैनाथ छन् । सयभन्दा बढी निजी गार्डले पनि कार्यक्रममा निगरानी राख्नेछन् ।