जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ११ मंसिर
महोत्तरीको वर्दिवासमा बालिका हत्या र हत्या विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागि ज्यान गुमाएको विरुद्धमा भई रहेको प्रदर्शन आज तेश्रो दिन पनि जारी रहेको छ ।
वर्दिवासका स्थानीयहरुले आज तेश्रो दिन पनि सडकमा टायर बालेर पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् । बजार,शिक्षण संस्था, उद्योगहरु सबै बन्द रहेको छ । प्रदर्शनकारीले गरेको राजमार्ग अवरुद्ध को कारण बर्दिबासको पूर्व पश्चिम चल्ने यातायातका साधनहरु रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।
गन्तव्यमा पुग्न समस्या भएपछि केही यात्रीहरु पैदल हिँडेरै लालगढ पुगेर उत्ताबाट संचालन भएको यातायात मार्फत पुग्ने प्रयास गरिरहेका छन्। मंसीर ७ गते साँझदेखि हराइरहेकी ६ बर्षीय बालिका गुलाब्सा खातुनको शव मंसीर ८गते मध्यराती फेला परेको थियो । मंसीर ९ गते बालिकाको हत्याको विरोधमा प्रदर्शनका उत्रिएका बर्दिबास( १ का ४२ बर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको प्रहरीले चलाएको गोली लागेर उपचारको क्रममा ज्यान गएको थियो । दुवै घटनालाई सत्यतथ्य एवंम निष्पक्ष छानविन गर्न न्यायिक आयोग गठन गरि छानबिन गर्न सरकारसंग माग गरिएको छ ।