नेपालले माल्दिभ्सवलाई १ सय ३८ रनले हराए – Jaleshwortoday

नेपालले माल्दिभ्सवलाई १ सय ३८ रनले हराए

 १४ आश्विन २०८०, आईतवार २०:५४  
hh

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १४ असोज

चीनमा चलिरहेको १९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सवलाई १ सय ३८ हराएको छ । हान्झाउमा नेपालले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १९ ओभर ४ बलमा अलआउट हुँदै ७४ रन बनायो।

नेपालका अविनाश बोहराले ६ तथा विकेट लिए । यस्तै, सोमपाल कामी, सन्दीप लामिछाने, गुल्झन झा र कुशल भुर्तेलले एक एक विकेट लिए । जितसँगै नेपाल क्वार्टरफाइनलमा पुगेको छ ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ् गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ ‍रन बनायो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले २७ बलमा ५२ र कुशल मल्लले २० बलमा ४७ रन बनाए ।

यस्तै, कुशल भुर्तेल र गुल्झन झाले ३५/३५, विनोद भण्डारीले १६, सन्दीप जोराले ५, दीपेन्द्रसिंह एैरी र आशिफ शेखले ६/६ रन बनाए ।

नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियाविरुद्ध नेपालले ११ वटा विश्व कीर्तिमान बनाएको थियो ।

माल्दिभ्सले दोस्रो रोजाईको टोली एसियाड खेल्न पठाएको छ । पहिलो रोजाईको टोली कतारमा आइसिसी टि२० विश्वकप एसिया रिजनल छनोट ए खेलिरहेको छ । माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो ।