जनता मुखी विकासको ठाउँमा पार्टी मुखी विकास भएको जनगुनासो – Jaleshwortoday

जनता मुखी विकासको ठाउँमा पार्टी मुखी विकास भएको जनगुनासो

 १५ आश्विन २०८०, सोमबार ००:०४  
nn

गणेश कुमार सिंह
गौशाला, १४ असोज

महोत्तरीको गौशाला नगरपालिका वडा नं. ३ स्थित नवराजपुरमा जनता मुखी विकासको काम काज नभएको त्यहाँका जनताहरुले नगर उप-प्रमुख रेणु कुमारी महतो सामु गुनासो पोखेका छन् ।
पटक पटक मत दिएर जितिसके पनि जनतामुखी विकास नभएको स्थानीय राजनीति कर्मी सिताराम महतो ले बताएका छन् ।
नवराजपुर गाउँमा राम्रोसँग बाटो ,नाला व्यवस्था नभएको कारणले वर्षको महिना हामीहरु धेरै नै कठिनाइ भइरहेको बताए । नाला बनाउदा पनि अधुरो काम छोडेको कारणले गर्दा नाला र बाटो निर्माण गराई दिन स्थानीयहरु माग राखेका छन् ।

युवाहरु आफू बेरोजगार भएर गाउँमै बसिरहेको बताए तर आफुहरुको लागि रोजगारको सिर्जना हुने कुनै पनि तालीमको व्यवस्था नभएको युवाहरूले उप-प्रमुख महतो सामु आफ्नो कुराहरु राखेका छन् ।