महोत्तरीमा ट्याक्टर दुर्घटना भएर १ महिलाको मृत्यु – Jaleshwortoday

महोत्तरीमा ट्याक्टर दुर्घटना भएर १ महिलाको मृत्यु

 १२ मंसिर २०७७, शुक्रबार २२:५९  
Mahottari

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १२ मंसिर

महोत्तरीको सम्सी गाउँपालिका ५ पोखरभिण्डमा शुक्रबार साँझ भएको ट्याक्टर दुर्घटनामा १ महिलाको मात्र मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । यस्तै अन्य चारजना महिला घाइते भएका छन् ।ट्याक्टरमा सवार भारत बिहार सीतामढी ग्रामपञ्चायत लालबन्दी दरबार ३ बस्ने ५० वर्षीया महरिया देवीको टेलरले च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीचौकी पोखरभिण्डाले जनाएको छ ।प्रहरीका अनुसार हुलाकी राजमार्ग अन्तर्गत पूर्वबाट सम्सी तर्फ जाँदै गरेको ना ४ त ८५७८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकमै पल्टेर दुर्घटना भएको हो । टेलरले च्यापिएर घाइतेहुनेहरुमा सोही ट्याक्टरमा सवार भारत बिहार सीतामढी ग्रामपञ्चायत लालबन्दी दरबार ३ कै ४५ वर्षीया लक्ष्मीनिया देवी पण्डित, वर्ष १२ की खुसवु कुमारी पण्डित, वर्ष २८ की अमृता देवी पण्डित र सर्लाही कविलासी गाउँपालिका ४ बस्ने वर्ष ३५ की लालो देवी पण्डित घाइते भएका छन् ।उनीहरुको सम्सीको जीवन ज्योती अस्पतालमा उपचार भइरहेको र चालकलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान गरिरहेको छ ।