धर्वेन्द्र कुमार यादव
महोत्तरी, १२ मंसिर
वर्दिवासमा बालिका हत्या र हत्या विरुद्ध भएको प्रदर्शनमा प्रहरीको गोली मृत्यु भएको घटना विरुद्ध तिन दिनदेखि अशान्त बनेको बर्दिबास आज शुक्रबारदेखि शान्त बन्दै गएको छ । शुक्रबार बिहानदेखि राजमार्गमा निर्वाध रुपमा सवारी सधानहरु संचालन भइरहेको छ भने दिउँसो देखि बजार समेत खुलेको छ । ६ वर्षीया बालिकाको बालत्कार पश्चात हत्या र हत्या विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागेर स्थानिय संजय न्यौपानको मृत्यु भएपछि मंगलबारदेखि बर्दिबासमा बजार तथा पूर्वपश्चिम राजमार्ग बन्द सहित प्रदर्शन भएको थियो । मंगलबार, बुधबार र बिहीबार प्रदर्शन भएपछि शुक्रबार बिहानदेखि बर्दिबासको अवस्था सामान्य बनेको छ । स्थानीय प्रशासन र सर्वपक्षीय बार्ता समिति बिचको चारबुँदे सहमति र गृहमन्त्रालयले समेत दोषीमाथि कारबाही गर्ने, घटनाको छानविन तथा मृतक परिवारलाई उचित क्षतिपुर्ति दिने प्रतिवद्धता जाहेर गरेपछि आक्रोशित स्थानीयहरु बन्द तथा प्रदर्शन स्थगित गरेका छन् । मृतक बालिकाको परिवारले आज इलाका प्रहरी कार्यालय बर्दिबासमा बलात्कार तथा हत्यामा संलगन २५ वर्षीय युवक अरुण साह र उनलाई सघाउने विरुद्ध किटानी जाहेरी दर्ता गराउन लागेका हुन् ।