इजरायलमा नेपालीको मृत्यु भएको शोकमा भोलि राष्ट्रिय शोक मनाइने – Jaleshwortoday

इजरायलमा नेपालीको मृत्यु भएको शोकमा भोलि राष्ट्रिय शोक मनाइने

 २२ आश्विन २०८०, सोमबार २२:२७  
kk

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २२ असोज

सरकारले इजरायलमा नेपालीहरूको मृत्यु भएको शोकमा मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै, बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।

उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।