छिमेकी मामाबाटै एक किशोरी बलात्कृत – Jaleshwortoday

छिमेकी मामाबाटै एक किशोरी बलात्कृत

 २५ आश्विन २०८०, बिहीबार २०:४७  
fff

गणेश कुमार सिंह
धनुषा, २५ असोज

मधेश प्रदेशस्थित छिमेकी मामाबाटै एक किशोरी बलात्कृत भएको आरोप लगाईएको छ ।

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका इच्छापुरमा एक १५ वर्षिय किशोरी बलात्कृत भएको घटना बाहिरिएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ८ घर भएकी बालिका असोज २० गते शनिवार नातामा मामा पर्ने एक छिमेकीबाट बलात्कारको शिकार भएकी आरोप छ।

बालिका नातामा भान्जी पर्ने सोही वडा वस्ने छिमेकी वर्ष २५ का एक युवकबाट बलात्कृत भएकी बताईएको छ । छिमेकीको नातामा भान्जी पर्ने वालिका असोज २० गते शनिवार करिब ५ वजे तिर खेतमा घाँस काटन गएको वेला एक्लो देखर उँखुवारीमा लगी बलात्कार गरेको वालिकाले आरोप लगाएकी छिन ।

शनिवार आफनो खेतमा घाँस काटिरहेकी वालिकालाई बाख्रा चराउन गएको ती युवकले बालिकालाई एक्लै देखेपछि घरमा बाख्रा बाँधेर पुन्ह घाँस काटिरहेकी बालिकालाई पछाडीबाट आँखा छोपी हाथखुट्टा बाँधेर उँखुवारीमा लगी बलात्कार गरेको बालिकाले आरोप लगाईन ।

बालिकाको अनुसार, आफनो आँखा खोलेपछि आफनै छिमेकीको मामा पर्ने युवक रहेको र उनले आफूलाई लुगा र चप्पल किनदिने लोभ देखाएको बताइन ।

पिडित बालिका रुँदै घरमा आफनो दाईलाई घटना वारे जनकारी गराइकि थिइन । यता, पिडित वालिकाको दाजु घटना गरेको भरतलाई समातेर प्रहरीकोमा बुझाउन खोजदा आरोपितको मामाहरुले गाउँमै घटना मिलाउन दवाव दिएको बताए । साथै, आफूलाई पैसाको प्रलोभन देखाउँदै गाउँमै घटना मिलाउन गाउँकै अरु व्यक्तिहरुबाट भन्न लगाएको बताए ।

यता, घटना जनकारी पाउन साथ पिडित वालिकालाई मेडिकल गराई आवश्यक प्रक्रिया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक दिपक कार्कीले जानकारी दिए ।