
जलेश्वरटुडे समाचारदाता
धनुषा, २५ असोज
आ.व २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पर्सा जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठि वीरगंज स्थित घण्टाघरको व्यारेक नजिक होटल क्लासिक ब्याइक्वेटमा सुरु भएकोेछ।
बार्षिक समिक्षा गोष्ठि कार्यक्रमको उद्घाटन मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए।
जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठि कार्यक्रम २०८० /६/२५ बिहिबार देखि २६ सुक्रबार सम्म कार्यक्रम संचालन हुने हो।आ.व २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको दुइ दिने समिक्षा गोष्ठि हुनेछ।
जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठि कार्यक्रम स्वास्थ्य कार्यालय पर्साका बरिष्ठ स्वास्थ्य प्रशासक डा मुक्तिनाथ नारायण साहको सभापतित्व तथा मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहको प्रमुख अतिथिमा भएको कार्यक्रममा अतिथि मधेश प्रदेशका स्वास्थ्य सचिव प्रमोद कुमार यादव ,जिल्ला प्रसासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रादेशिक आयुर्वेद चिकित्सालयका कार्यालय प्रमुख डा.शिवनरायण गुप्ता,नेशनल मेडिकल कलेज का डायरेकटर नुशरत जहान अंसारी, जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी धु्रव कुमार श्रेष्ठ लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठि कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीले कार्यक्रममा मन्तव्य राख्दै भने हरेक पालिकामा कुन आस्पताल, किल्निक पालिकामा दर्ता छन वा छैन मधेश प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दर्ता छ छैन त्यसको सम्पुर्ण जिम्मेवारी पालिकाकैनै हो त्यस तर्फ पालिकाका स्वास्थ्य प्रमुखहरुले ध्यान दिए स्वास्थ्यमा भएको बिक्रिति हटने बताए। साथै पालिकामा आधारभुत आस्पताल स्थानापना गर्ने मधेश प्रदेश स्वास्थ्य मन्त्रालयको प्राथमिकता रहेको बताए साथै हरेक पालिकामा आधारभुत आस्पताल लाइ व्यवस्थित रुपमा सञ्चालन गरि सेवा दिने भएकोले सम्पुर्ण पालिकाका जनताहरू लाइ स्वास्थ्य सम्बन्धी अनयतर जाने व्यवस्था हटने बताए।भने कार्यक्रमकप सहजिकरण स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले गरेका थिए।