पत्रकारको मान मर्यादालाई धज्जी उडाउने साहलाई कारवाहीको माँग – Jaleshwortoday

पत्रकारको मान मर्यादालाई धज्जी उडाउने साहलाई कारवाहीको माँग

 २५ आश्विन २०८०, बिहीबार २१:१८  
zz

जलेश्वरटुडे समाचारदाता
सप्तरी, २५ असोज

प्रेस चौतारी नेपाल सप्तरी शाखाले बिहिवार प्रेस बिज्ञप्ती जारी गरि पत्रकारकाे मान सम्मान र ईज्जतमाथी खेलवाड गरेकाे भन्दै घाेर भत्सर्ना गरेकाे छ । चाैतारीका कार्यसमिति सदस्य तथा पब्लिक प्रेस दैनिकका प्रकाशक सम्पादक नवीन निर्भय यादवलाई जिल्लाका डाक्नेश्वरी नगरपालिका ८ बिसहरीय टोल बस्ने उपेन्द्र साहले तथानाम गाली गलौज एवम अमर्यादित शब्दमा लेखेर पत्रकार यादवको तस्बिर सहित पोस्ट गरेको प्रती चाैतारीकाे ध्यानाकार्षण भएको बिज्ञप्तीमा उल्लेख गरेकाे छ ।
पत्रकार यादवलाई समाचार लेखेकै कारण साहले नेपाल पत्रकार महासंघकाे सदस्यता नरहेको र पत्रकारको खोल ओढेर जे पायो त्यही लेख्ने झोले पत्रकार भनेर तस्बिर राखेर सामाजिक सञ्जाल मार्फत ध्वज्जा उडाउने काम गरेको बिज्ञप्तीमा जनाइएकाे छ । चौतारीका सप्तरी अध्यक्ष डम्बर राइको हस्ताक्षरमा जारी बिज्ञप्तीमा भनिएको छ सिङ्गो प्रेस स्वतन्त्रतालाई बेइज्जत गर्दै समाचार प्रकाशन गरेकै कारण साहले पत्रकारलाई अश्लिल भाषामा बोलेन मात्र लेखेरै सामाजिक सन्जालमा पोस्ट गर्ने काम भयो ।
समाचार कुनबेला, कसरी, किन र कोसङ्ग आदेश लिएर लेख्ने वा प्रकाशन गर्ने? भन्ने सवालमा साहको वशको कुरा होइन तर पत्रकारलाइ आदेश गराउने र सिकाउने सैलीमा साहले तथानाम लेखेर पोस्ट गर्नु उनको रबैया बुझिएको बिज्ञप्तीमा उल्लेख छ । यहि असोज २३ गते पब्लिक प्रेस दैनिकमा प्रकाशित “आफूले काम गर्न पाउँदा सडक बाटो, नपाउदा नम्वरी जग्गा” शिर्शकमा प्रकाशित समाचार सत्य तथ्यमा आधारित हुदाहुदैपनी साहले दुर्व्यहार गरेको छ । स्वतन्त्र र निश्पक्षताको मुल्यमान्यता राखी स्थलगत निरिक्षण गरेर स्थानिय भद्रभलादमीहरुले दिएको रिपोर्टलाइ आधारमानी लेखिएको समाचारलाई साहले हदैसम्मको ज्यादती गरेर आम पत्रकारको बदनाम गरेको चौतारीको ठम्याइ रहेको बिज्ञप्तीमा जनाइएको छ । साथै बिज्ञप्ती मार्फत नैतिकता र मान इज्जतको ख्याल राखी साहलाई आफू सच्चिन आग्रह गरेको छ । साथै पत्रकारको मान इज्जत तथा सम्मानमा आँच पुर्याउने साहलाइ कानूनी दायरामा ल्याइ कार्वाहीका लागि आवश्यक पहल गरीदिन माँग गर्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखालाई समेतअनुराेध गरेकाे छ । साथै विभिन्न पत्रकार संगठन, मेडिआ र सञ्चारसंग आवद्ध संघ संठनहरुलाई पनि अनुराेध गर्दै साहलाई कानूनी दायरामा ल्याउन आ- आफ्ना भुमीका सहित सहयोग गरिदिनका लागि अनुराेध गरेकाे छ ।