जलेश्वरटुडे समाचारदाता
पर्सा, २६ असोज
चाडपर्व नजीकै संग अख्तियार दुरुपयोग अनुसंधानको टोलीले स्थानीय तहमा झरीयको देखिन्छ।
स्थानीय तह मा निर्वाचित जन प्रतिनिधिहरु मध्ये कतीपय जनप्रतिनिधिहरु अशिक्षित छन कानून र कागजको सम्बन्धमा जानेका छैन्न । स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र वडा सचिव प्रति भरोसामन्द रहेका जनप्रतिनिधि माथि अखितियार दुरुपयोग अनुसंधान आयोगको चाप बढ़ेको देखिन्छ। करीब ४/५ बर्ष को बीतिसकेको पुरानो काम काज गरी फर्की सकेका र हाल २०७९/o ८० को चूनाव पश्चात नया जनप्रतिनिधि निर्वाचित भए तब पुरानो फाइल हेर्ने काम मधेश प्रदेश मा अख्तियार दुरुपयोग अनुसंधान आयोग द्वारा देखिए को छ। यस मा जनप्रतिनिधिको कार्यकाल मा फाइल चेक जॉच नहुने र कार्यकाल समाप्ति पछी अख़्तियार द्वारा फाइल हेर्ने कार्य प्रति अख्तियार दुरुपयोग अनुसंधान आयोग प्रति प्रशन उठने देखियों ।
यसै बिच पोखरिया नगरपालिका भित्र छिरेको अखितियार दुरूपयोग अनुसंधान आयोग हेटौडाको शिसिर श्रेष्ठ नेतृत्व मा खटिएको ५ जनाको टोलीले ।
पोखरिया नगरपालिकाको एक जना कर्मचारी सित भैरहेको कुरा कानीलाई पत्रकार शैलेश गुप्ताले फोटो खिचेका थिए। सो पत्रकारको मोबाइल अख्तियारको टोलीले खोसीं मोबाइलमा भएको फोटो तथा वीडियो डीलीट गरी ३० मिनेट पछी मोबाइल पत्रकार लाई फर्काए । यसमा अख्तियार दुरुपयोग अनुसंधान आयोग द्वारा स्वतंत्र पत्रकारिता को अधिकार खोसियको देखिन्छ ।
पर्सा को पोखरिया नगरपालिका मा अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौडा को टोलीले छापामारी गरे को छ।
अखितियार दुरूपयोग अनुसंधान आयोग हेटौडाको शिसिर श्रेष्ठको नेतृत्व मा खटिएको टोली ले अपांग समन्वय समिति निर्णय को मैनेट बुक, र ढाठा सहित को फाइल नियंत्रणमा लिएको छ।
पोखरिया नगरपालिकाको पूर्व नगर उप प्रमुख सलमा खातुनको नेतृत्वमा रहेको वडा सचिव ,अमिरका प्रसाद चौहान ,नवल ठाकुर सहितको कार्यकाल मा बनाइएको अपांगता कार्ड को निर्णय रजिष्ट्रार ,ढाट्ठा सहितको फाइल अखियार दुरूपयोग अनुसंधान आयोग हेटौडाको टोलीले लगेको हो ।