दशैंको शुभकामना – Jaleshwortoday

दशैंको शुभकामना

 २७ आश्विन २०८०, शनिबार २२:३५  
First

  • प्रा.पवन कुमार साह

आज हिन्दुहरुको महान पर्व दशैंको पहिलो दिन घट्स्थापना रहेको छ । विभिन्न शक्तिपिठहरु तथा घरघरमा पवित्र कलश स्थापना गरी कलशको मुनिको माटोमा जौं छर्किने परम्परा रहेको छ । विजया दशमीको दिन सोही उम्रेको जमरा माता नौं दुर्गाको आशिर्वादको रुपमा पुरोहित वा मान्यजन ठूलाबाट शिरमा ग्रहण गर्ने चलन रहेको छ । आज देखि नै सवै शक्तिपिठहरु झिलिमिली बत्ति सहित आकर्षक ढंगले सजाइएका छन् । आज दशैंको पहिलो दिनको अवसरमा मटिहानी नगरपालिका लगायत विभिन्न ठाउँहरुमा शान्ति कलश शोभा यात्रा निकालिने कार्यक्रम रहेको बुझिएको छ । वास्तवमा नेपालीहरुको सबै चाडपर्व मध्ये दशैं महत्वपूर्ण उत्सव हो । यो पर्व मनाउन नेपाल सरकारले राष्ट्रिय विदा दिदै आएका छन् । तसर्थ यो पर्व मनाउन देश विदेशबाट पनि समस्त नेपालीहरु आ—आफ्ना घर फर्कि धुमधामसँग माताको आराधना तथा पुजाआजा गर्ने गर्दछन् । माता दुर्गाको विभिन्न नौ अवतारहरुको यस अवधिमा विशेष विधि अनुसार पुजाआजा गरिन्छ । यो पर्व मनाउन नेपालीहरु किनमेल पनि प्रशस्त नै गर्दछन् । अष्टमीको बेलुका खसी,बोका तथा चराहरुको बलि समेत मातालाई चढाउने परम्परा रहेको छ । अहिले बलि प्रथाको बिरोध भए पनि यो पूर्णरुपमा नियन्त्रणमा आएको छैन । यो पर्वले शान्ति,सदभाव तथा समाजमा भातृत्वको भावना जागृत गर्दछ ।
हिन्दु ज्योषिहरुको अनुसार यस वर्ष माता दुर्गा हात्तिमा सबार भएर आउनु हुने छ भने वहाँ खालि खुट्टा पैदल फर्किनु हुने छ ।
अहिले नेपाल लगायत विश्व अशान्त तथा आथर््िक संकटको चपेटामा परेको परिवेशमा माता दुर्गाले सबैको कल्याण गरुन् तथा सबैको जयजय होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।