नागरिकता पाउन संघर्ष गर्दै रफीभित्रको मुस्कान ! – Jaleshwortoday

नागरिकता पाउन संघर्ष गर्दै रफीभित्रको मुस्कान !

 २७ आश्विन २०८०, शनिबार २२:४६  
Rafi to Muskan1

राकेशप्रसाद चौधरी
जलेश्वर, २७ असोज
गत चैत महिनामा तामझामका साथ यौनिक तथा लैंगिक अल्पसंख्यकमध्येको एक मुस्कान किन्नरले जलेश्वर महादेव मन्दिरमा ३० किलोग्रामको घण्टा चढाए। यस कार्यक्रमको नेतृत्वकर्ता समेत उनी नै थिए। भाकल पूरा भएपछि ५० जना भन्दा बढी सहकर्मीका साथ कलशयात्रा गरेर मन्दिरको पुजारीलाई घण्टा हस्तान्तरण गरिएको थियो। यस कार्यक्रममा सहभागी भएका अधिकांश यौनिक तथा लैंगिक समूदायका ब्यक्तिको व्यवसाय नै बधाई(धार्मिक नाचगान) तथा प्रोग्राम देखाउने काममा सरिक हुनु हो। मुस्कानले नाचगानबाहेकको व्यवसायमा संलग्न लैंगिक तथा यौनिक समूदायका सदस्यलाई निम्तो दिएको थिएन।
नेपालमा किन्नरबारे त्यति चर्चा परिचर्चा नहुने गरिएकामा चित्त नबुझेको बताउने मुस्कान भन्छन्,‘भारतमा किन्नर एउटा समूदाय हो। यो ब्यक्तिबाट बच्चाको उत्पादन हुन सक्दैन्। न पुरुष हुन्छ न त महिला। यहाँ त म तेस्रोलिंगी भनेर परिचय दिनुपरेको छ।’
महिलाले लगाउने पोशाकमै बस्न, सुत्न रुचाउने मुस्कान अहिले नागरिकतामा पुरूषको ठाउँमा अन्य लेखाउन जोडजोडका साथ लागेका छन् । जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले लिंग परिवर्तनको लागि मेडिकल रिपोर्ट आवश्यक रहेको बताएपछि उनी विभिन्न कार्यक्रममा यस नियमको बिरोध गरिरहेका छन्। महोत्तरीबाट २०६९ सालमा नागरिकता बनाएका मुस्कानको वास्ताविक नाम रफी छ भने लिंग पुरुष उल्लेख छ। नागरिकतामा अन्य लेखाउन वडा कार्यालयको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा बैशाख महिना पुगेका थिए। वडाको स्पष्ट सिफारिस तथा मेडिकल रिपोर्ट नरहेको भन्दै त्यहाँबाट फिर्ता पठाइएको थियो।
मुस्कान हप्तैपिच्छे नागरिकताको विषयमा के भयो भनेर बुझ्न जिल्ला प्रशासन कार्यालय महोत्तरीमा पुग्छन्, तर निराश भएर फर्किने गरेका छन्। मुस्कान भन्छन्,‘प्रशासन कार्यालयमा पुग्दा पत्र गृह मन्त्रालयमा पठाएको भन्छ। पत्रको जवाफ आएपछि मात्र जवाफ दिन्ुछ भनेर फर्काउने गरेको छ। अब अदालतमा मुद्दा दर्ता गराउने सोचमा छु।’
नागरिकताविहीनको अधिकारका लागि अभियान चलाउँदै आएका अर्जुन साह भन्छन्,‘मुस्कानजस्तै केसमा नागरिकतामा लिंग परिवर्तन गरेको नजिर सर्वोच्च अदालतमा छ। उनले मुद्दामा जान चाहे हामी सहयोग गर्न सक्छौ।’
गत जेठ महिनामा नेपाल प्रहरी कार्यालय महोत्तरीले अल्पसंख्यकको पीडा सुन्न राखेको एक कार्यक्रममा मुस्कानले संघर्ष र विभेदको अनुभूति सबैलाई सुनाएका थिए। उनको भनाई थियो,‘हामीलाई हेर्नेवित्तिकै घृणायुक्त शब्द र व्यवहार मानिसले गर्न थाल्छन्। पुरुष र महिलाजस्तै अन्य,तेस्रोलिंगी जन्मिएपनि विभेद गरिनु उचित होइन। हामीहरुजस्ताप्रति समान व्यवहार हुनुपर्छ। संविधान र कानुनले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई अधिकार दिएपनि सरोकारवालाले कार्यान्वयनमा ल्याउन किन चाह्दैनन्, खोजी हुनुपर्छ।’
रफी अर्थात मुस्कानको जन्मथलो जलेश्वर नजिकैको भटौलिया गाउँ हो। घरायसी कामले गर्दा विद्यालयको औपचारिक पढाई नगरेका र बाल्यकालमा अन्य बालबालिकाभन्दा फरक देखिएपछि भारत बिहारको हाजीपुरमा रहेको मामाघर पठाइएको थियो। त्यही हजुरआमासँग बस्न थाले। खैनी प्याकिङ्गको काम गर्न त्यहाँ बालमजदूरी समेत गरे। किन्नररू आउँदा हजुरआमाले लुकाउनुहुन्थ्यो, कहीँ आफूसँग लिएर नगइदिओस् भनेर। तर पछि रफीलाई आफू पनि किन्नर कै जस्तो रहेको अनुभव हुन थाल्यो र बधाईदिने कामका लागि नाचगान गर्न थाले। नागरिकता बनाउनको लागि २०६९ सालमा लामो कपाल काट्न बाध्य भएका रफी पुनः भारत नै फर्किएका थिए। त्यहाँ एकदशकसम्म बधाई र प्रोग्राममा नृत्यु गर्ने काम छाडेर कोभिड १९ को महामारीमा घर फर्किएका थिए। घर फर्किएपछि आफ्नै ठाउँमा परम्परागत नाचगान अर्थात बधाईको काम राम्रो चलेमा महादेवलाई घण्टी चढाउने भाकल गरे। दुईबर्षमा राम्रो कमाई भएपछि किन्नरहरूले आफ्नो इष्टदेव महादेवलाई मान्ने गरेको कारण तामझामका साथ घण्टी चढाए।
चौतारी नेपालको जिम्मेवारी
रफीबाट मुस्कान बनेर विभिन्न गतिविधि गर्दै आएका उनले कोभिड१९ को महामारी सहज भएपछि जिल्ला प्रशासन कार्यालयमा चौतारी नेपाल गैरसरकारी संस्था गठन गरेर काम गरिरहेकी छिन्।
विद्यालय शिक्षाबाट समेत बंचित रहेकी उनी सात सदस्यीय चौतारी नेपालको अध्यक्ष भएर लैंगिक अल्पसंख्यक समूदायको सशक्तिकरणको लागि काम गरिरहेकी छिन्। यो संस्थाले लैंगिक अल्पसंख्यकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य जाँच लगायतको सेवामा सहजीकरण गरिरहेको छ। लैंगिक अल्पसंख्यक समूदायलाई यौनकर्मीको रुपमा हेर्ने दृष्टिकोण मात्र राखेकोमा जलेश्वर र यस क्षेत्रका सोही समूदायका ब्यक्तिहरू मुस्कानसँग रुष्ट छन्।
मुस्कान भन्छन्,‘मैले बधाई दिने, नाचगान गर्ने यौनिक अल्पसंख्यकलाई एक ठाउँमा ल्याएको छु । काममा खटाएको छु। त्यहाँबाट हुने आम्दानीले सात÷आठजनाको पेट पालिएको छ। समान्य महिला, पुरुषभन्दा फरक स्वास्थ्य समस्या आउने गरेकाले हामीले स्वास्थ्य जाँच गर्न लगाउँछौं । त्यसैलाई अन्य लैंगिक अल्पसंख्यक समूदायले बिरोध गर्ने गर्छन्।’
मुस्कानको नागरिकता !
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० मा समेत ऐन तथा नियमावली बमोजिम जारी गरिने नेपाली नागरिकताको प्रमाणपत्र वा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रमा महिला, पुरुष वा अन्यमध्ये कुनै एक लैंगिक पहिचान खुलाउनुपर्ने लेखिएको छ। अधिकारकर्मी साह भन्छन्,‘मेडिकल रिपोर्ट भयो भने जिल्ला प्रशासन कार्यालयबाट नागरिकतामा लिंग परिवर्तन गर्न सहज हुन्छ। मेडिकल रिपोर्ट बिना अदालतमा मुद्दा हाल्नैपर्ने बाध्यता हुनसक्छ।’
पूरानै नागरिकता प्रमाणपत्रलाई संशोधन गरि लिंगमा अन्य लेखाउन संघर्ष जाखेको मुस्कान बताउँछन्। उनी भन्छन्,‘अन्तिम पटक जिल्ला प्रशासन कार्यालयमा पुगेर निवेदनबारे जानकारी लिन्छु। त्यसपछि अदालतको बाटो लाग्छु। अदालतले न्याय गर्छ भन्ने विश्वास छ।’ मधेश प्रदेशभित्र मुस्कानजस्तै समस्या भोग्नेहरूको तथ्यांक उपलब्ध हुन सकेको छैन। मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम २०८०÷८१ मा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको लागि आवश्यकता र मागको आधारमा सीपमूलक तालिम प्रदान गर्नुका साथै अल्पसंख्यकहरू प्रति समाजमा देखिएका रुढीवादी विरूद्ध समाजिक व्यवहारमा परिवर्तन ल्याउन आवश्यक कार्यक्रम संचालन गरिने लेखिएको छ। प्रदेश सरकारको नीतिभित्र यौनिक तथा लैंगिक अल्पसंख्यकको रोजगार सुनिश्चिता, स्वास्थ्य सेवा, नागरिकताजस्ता अति आवश्यक नीतिबारे मौन रहेको नाम सार्वजनिक गर्न नचाह्ने लैंगिक अधिकारवादी युवाको आरोप छ।

रैतनक िथा लैङ्र्गक अल्पसंख्र्कहरुको लार्ग आवश्र्किा र मागको आधारमा सीपमुलक िाशलम प्रदान गनुिका साथै अल्पसंख्र्कहरु प्रति सामाजमा देखखएका रुहढवादी परम्परा त्तवरुद्ध सामान्त्जक व्र्वहारमा पररवििन ल्रउन आवश्र्क कार्िक्रम सञ्चालन गररनेछ ।