मटिहानी नगरपालिकाकाे गोसाईकुण्ड पोखरी सौन्दर्ययीकरण कार्यक्रम अन्तर्गत पोखरी घाट निर्माणको लागि शिलान्यास – Jaleshwortoday

मटिहानी नगरपालिकाकाे गोसाईकुण्ड पोखरी सौन्दर्ययीकरण कार्यक्रम अन्तर्गत पोखरी घाट निर्माणको लागि शिलान्यास

 ४ बैशाख २०८१, मंगलवार ०५:२९  
6

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ३ बैशाख

महाेत्तरी जिल्लाकाे मटिहानी नगरपालिकाकाे गोसाईकुण्ड पोखरी सौन्दय्यकरण कार्यक्रम अन्तर्गत पोखरी घाट निर्माण कार्यको शिलान्यास गरेको छ । नगर स्तरीय योजना अन्तर्गत मटिहानी नगरपालिका वड़ा नं.- ५ गोवरौडा स्थित गोसाईकुण्ड पोखरी सौन्दय्यकरण कार्यक्रम अन्तर्गत पोखरी घाट निर्माण कार्यको शिलान्यास गरेको हाे ।

आज नगर प्रमुख श्री हरि प्रसाद मंडलकाे प्रमुख अतिथिमा घाट निर्माणकाे लागि शिलान्यास कार्यक्रम सम्पन्न भएका छन् । पोखरीमा करिब २५ लाखको लागतमा ४४ मिटरको घाट निर्माण गरिने नगरपालिकाका इंजीनियर बिमलेश साहले बताए ।

शिलान्यास कार्यक्रममा नगर उप-प्रमुख श्री मंजु देवी साह, वड़ा नं १ र ५ का वड़ा अध्यक्ष क्रमशः श्री शिव शंकर राय, श्री मिश्री नायक, योजना अधिकृत श्री राजेश शर्मा, कुशेश्वर यादव लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।