दानव हिरण्याकश्यपको अन्त्यको लागि भक्त प्रहलादको आवश्यकता ः नेसपा अध्यक्ष महतो – Jaleshwortoday

दानव हिरण्याकश्यपको अन्त्यको लागि भक्त प्रहलादको आवश्यकता ः नेसपा अध्यक्ष महतो

 ४ चैत्र २०७८, शुक्रबार ०७:१४  
555

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३ चैत्र

नेपाल सद्भावना पार्टी (नेसपा)को केन्द्रिय कार्यालय जनकपुरधाममा होलिको अवसरमा होलि मिलन समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रमको अध्यक्षता गर्नु भएको नेसपा केन्द्रीय अध्यक्ष राम कुमार महतोले अहिले मधेस र मधेसीको रक्षा तथा विकासको बाधकको रुपमा रहेको हिरण्याकश्यप रुपी दानवको अन्त्य गर्नको लागि भक्त प्रहलाद झैं असल मधेसी पार्टी र नेताको आवश्यकता रहेको बताउनुभयो । वहाँले कार्यक्रममा उपस्थित सम्पूर्ण केन्द्रीय,प्रादेशिक,जिल्ला तथा स्थानिय नेताहरुलाई अबिर तथा माला लगाएर शुभकामना दिनुभएको थियो ।