मधेस प्रज्ञा प्रतिष्ठानले विभिन्न कार्यक्रमहरु गरी मनाए प्रथम वार्षिकोत्सव – Jaleshwortoday

मधेस प्रज्ञा प्रतिष्ठानले विभिन्न कार्यक्रमहरु गरी मनाए प्रथम वार्षिकोत्सव

 १७ फाल्गुन २०८०, बिहीबार २२:२७  
7606821a-be03-4799-a805-31e2118963ed

भाषा,साहित्य,संस्कृति,कला,गीत संगीत र नाट्य विधाको क्षेत्रमा काम गर्न हामी प्रतिबद्ध छौं ः अध्यक्ष भ्रमर

सोनी साह
जनकपुरधाम, १७ फागुन

मधेस प्रदेशको राजधानी जनकपुरधामको महेन्द्र नारायण निधि साँकृतिक केन्द्रमा आज मधेस प्रज्ञा प्रतिष्ठानले विभिन्न कार्यक्रमहरु गरी आफ्नो प्रथम वार्षिकोत्सव मनाएका छन् । सोहि अवसरमा प्रतिष्ठानको अध्यक्ष राम भरोस कापडी भ्रमरले भाषा,साहित्य,संस्कृति,कला,गीत संगीत र नाट्य विधाको क्षेत्रमा काम गर्न हामी प्रतिबद्ध रहेका बताएका छन् ।
कार्यक्रममा मधेस प्रज्ञा प्रतिष्ठानको अध्यक्ष राम भरोस कापडी भ्रमरले अध्यक्षता ग्रहण गर्नु भएको थियो भने धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डे,मुख्य न्यायधिवक्ता विरेन्द्र कुमार ठाकुर,प्रमेश्वर कापर,मगही भाषाको विज्ञ डा.वीर बहादुर महतो,जलेश्वर प्रादेशिक अस्पतालको अध्यक्ष मिनु झा लगायतका अतिथिहरुलाई आसन ग्रहण गराई टीका तथा गमछा ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी आमसञ्चार प्राधिकरणको अध्यक्ष श्यामसुन्दर यादव,मेडिया काउन्सिलका अध्यक्ष कैलास दास,प्रमुख प्रशासकिय अधिकृत मुनेश्वर यादव,लगायत अन्य पत्रकार,लेखक,कवि,सखिबहिनपा संगठन लगायतका उपस्थिति व्यक्तित्वहरुलाई आसन ग्रहण गराइएका थिए ।
कार्यक्रमको शुरुवात उद्घोषक तथा गायक नविन मिश्रको एकल नव रचित स्वागत गीत गाएर विधिबत रुपमा कार्यक्रमको संचालन गरिएको थियो । लगतै मधेस प्रज्ञा प्रतिष्ठानको सदस्य दिनेश यादवले स्वागत मन्तब्य प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा विशिष्ट सम्मान लोक गायक सप्तरी जिल्लाबासी विष्णु यादव,मूर्तिकार,कलाकार तथा संगीतकार धनुषा जिल्लाबासी योगेन्द्र पण्डीत तथा मिथिला चित्रकारको रुपमा परिचित धनुषा जिल्लाबासी मिथिलेश्वरी देवी कर्णलाई टीका,गमछा तथा मायाको चिनोले विशेष सम्मान गरिएको थियो ।
सो कार्यक्रममा प्रज्ञा दर्पण बुलेटिनको समेत लोकार्पण गरिएको थियो । कार्यक्रममा मधेस प्रदेशका ८ वटै जिल्लाबाट तामाङ्ग,थारु,भोजपुरी,कजरी,समदान,मैथिलि भाषामा आफ्नो मौलिकता झल्काउने नृत्य तथा गीत संगीत विभिन्न कलाकारहरुले प्रस्तुत गरेका थिए । सबै कलाकारहरुलाई टीका,गमछा तथा कदरपत्रले सम्मान गरिएका थिए । प्र्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा विभिन्न वक्ताहरुले शुभकामना दिनुको साथै आफ्ना फरक फरक विचारहरु राखेका थिए । त्यसै क्रममा प्रजिअ पाण्डेले प्रतिष्ठानलाई प्रदेश तथा संघीय सरकारको सहयोग आवश्यक रहेका बताएका थिए भने मधेस प्रदेशमा व्याप्त दहेज,बालविबाह,कुरितिलाई न्यूनिकरण गर्ने खालका गीतसंगीत तथा नाटकको मञ्चन हुन आवश्यक रहेको समेत बताउनुभयो । त्यसैगरी मगही अन्तर्राष्ट्रिय परिषदको अध्यक्ष महतोले भाषा सबै जातजातिको मौलिकता बताउने माध्यम हो । त्यसकारण मैथिली,मगही लगायत ९७ वटा भाषाहरु तथा सलहेस,अल्लाहरुदल,दिनाभद्रीको ईतिहास गाउँ गाउँमा सबैको मन मष्टिस्कमा छन् जसको उजागर गर्न तथा संस्कृतिको विकासको बारेमा मधेस प्रज्ञा प्रतिष्ठानले सोच्न तथा अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको र आफू यसको लागि तनमनधनले सहयोग गर्न तयार रहेको वहाले बताउनु भयो ।
अन्त्यमा प्रतिष्ठानको अध्यक्ष भ्रमरले उपस्थित सबै प्रति आभार प्रकट गर्दै मधेस प्रज्ञा प्रतिष्ठानले दोस्रो वर्षमा अझै कार्यक्रमहरु गरेर भाषा,साहित्य,संस्कृति,कला,गीत संगीत र नाट्य विधाको क्षेत्रमा अझै काम गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो साथै आफू अध्यक्ष रहेसम्म राजनैतिक प्रभाव वा अन्य प्रभावबाट प्रभावित नहुने तथा यस प्रतिष्ठानको विकासमा होमिने बताए । साथै वहाँले महेन्द्र नारायण निधि साँस्कृतिक केन्द्रलाई मधेस प्रज्ञा प्रतिष्ठानलाई संचालन तथा व्यवस्थापनको जिम्मा दिन प्रदेश सरकार तथा संघीय सरकारसँग आग्रह गर्ने समेत प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानको प्रमुख प्रशासकिय अधिकृत दानी कान्त झा, शाखा अधिकृत मनिका झा,लेखापाल अनिल श्रीवास्तव लगायतका कर्मचारीहरुले कार्यक्रमको सफलता दिलाउनमा सहयोग गरेका थिए ।

5f5c4366-7a0b-4dd8-9419-8c4c9b6adb4f