रेडक्रस सोसाइटी र ब्लड फर नेपाल का सदस्य इन्द्रजीत महतोको विशेष अगुवाई निःशुल्क रगत जाँच कार्यक्रम सुरुवात – Jaleshwortoday

रेडक्रस सोसाइटी र ब्लड फर नेपाल का सदस्य इन्द्रजीत महतोको विशेष अगुवाई निःशुल्क रगत जाँच कार्यक्रम सुरुवात

 May 13, 2024  
5

गणेश कुमार सिंह
महोत्तरी, ३१ बैशाख

महोत्तरी जिल्ला स्थित बर्दिवास नगरपालिकामा रेडक्रस सोसाइटी र ब्लड फर नेपाल का सदस्य इन्द्रजीत महतोको विशेष अगुवाई निःशुल्क रगत जाँच कार्यक्रम सुरुवात भएको छ ।
बर्दिवास नगरपालिका भरिनै निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत आँखा, दात, चेक जाँच सँग सँगै बर्दिवास नगरपालिका भरी नै निःशुल्क रगत जाँच कार्यक्रम गर्ने उदेश्यले ब्लड फर नेपाल का सदस्य इन्द्रजीत महतोले जानकारी दिएका छन् ।
उक्त कार्यक्रम रेडक्रस सोसाइटी बर्दिवासको आयोजकत्वमा तथा प्रमुख अतिथि बर्दिवास नगरपालिकाको उप प्रमुख तारा देवी महतोको उपस्थिति मा श्री जनएकता आधारभूत विद्यालयमा बिरुवा लगाएर सो निःशुल्क रगत जाँच कार्यक्रम सुरुवात उद्घाटन गरेका छन् ।