श्री लहेरी समाज नेपालको नयां कार्य समिति चयन – Jaleshwortoday

श्री लहेरी समाज नेपालको नयां कार्य समिति चयन

 October 5, 2020  
Sri Laheri Samaj

जलेश्वरटुडे समाचारदाता
धनुषा, १८ आश्विन

श्री लहेरी समाज नेपालको आज विशेष कार्यक्रम वीच पुरानो कार्य समिति विघटन गरी नयाँ कार्य समिति चयन भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नंं.—७ स्थित श्री लहेरी समाजद्वारा निर्मित श्री सत्यनारायण भगवान मन्दिरको प्रांगनमा बसी भु.पू.अध्यक्ष राम विनोद साहु लहेरी र व्यवस्थापक बदामी साहको सँयुक्त अध्यक्षता तथा सम्पूर्ण लहेरी चौरासीको गरिमामय उपस्थितिमा ११ सदस्ययी समिति गठन गरियो । कार्य समितिकोे अध्यक्षमा मुुकेश कुमारसाह,उपाध्यक्षमा रमेश कुमार साह र राजु कुमार साह,महासचिवमा पवन कुमार साह,सचिवमा कुन्दन कुुमार साह र कोेषाध्यक्षमा शत्रुध्न साह सर्वसम्मतिले चयन गरियो । त्यसैगरी कार्यकारी सदस्यहरुमा बद्र्रि साह,हरे राम साह,बिहारी साह,राम शतिस कुमार साह,सुुजित कुुमार साह र बरुण साह सर्वसम्मतिले चयन गरियो । व्यवस्थापक सदस्यहरुमा बदामी साह,सदरी साह,राज किशोर लहेरी र विरेन्द्र साहलाई सर्वसम्मतिले चयन गरियो । त्यसैगरी सल्लाहकार सदस्यहरुमा राम विनोद साहु लहेरी,लक्ष्मण साह,राज कुमार साह,सुुजित साह, राम दयाल साह,राम बालक साह र भरत साह सर्वसम्मतिले चयन गरियो । अन्त्यमा निर्वाचित पदाधिकारीहरुलाई टिका,अविर तथा माला लगाई सम्मान गरिएको थियो । साथै ईमानदार भई आफ््नो पदको गरिमा राखि कार्य गर्ने गरी शपथ ग्र्र्र्रहण समेत व्यवस्थापक बदामी साहले गराउनुभयो । अध्यक्ष पदको लागि मुकेश कुमार साह,श्रवण साह तथा श्याम साह उम्मेदबारहरु थिए । अध्यक्ष छनौटमा ज्यादै नै रसाकसी देखिएको थियो । प्रथम पटक आश्विन ५ गते सोमबार श्री लहेरी चौैरासी समाजकोे बाक्लो उपस्थितिकोे वीच विवादको कारण अध्यक्ष पदको टुंंगो लागेको थिएन । नयाँ समितिको कार्यकाल ३ वर्षको लागि समेत तोकियो । नव निर्वाचित सदस्यहरुले जानकी मन्दिर,राजदेवी मन्दिर,राम मन्दिर,श्री सत्यनारायण मन्दिरको दर्शन गरी नगर परिक्रमा समेत गरेका थिए ।