कोरोना कालमा अनलाइनबाट विद्युत महशुल बुझाउदा बेस ः जलेश्वर विद्युत वितरण केन्द्र प्रमुख साह – Jaleshwortoday

कोरोना कालमा अनलाइनबाट विद्युत महशुल बुझाउदा बेस ः जलेश्वर विद्युत वितरण केन्द्र प्रमुख साह

 October 13, 2020  
Electricity

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २७ आश्विन

कोरोना कालमा अनलाइनबाट विद्युुत महशुल बुझाउँदा बेस हुने नेपाल विद्युुत प्र्राधिकरण जलेश्वर वितरण केन्द्रको प्रमुख चन्द्र नारायण साहले बताउनु भएको छ ।
वहाँले कोरोना संंक्रमणबाट बच्नको लागि अनलाइनबाट समयमै महशुल बुझाउदा २ प्रतिशतसम्म छुट पाइने बताउनुभयो । साथै उपभोक्ताहरुले मिटरमा देखाएको अंक टिपाएर पनि महशुल बुझाउन सक्ने व्यवस्था रहेको बताउनुभयो । अहिले जिल्ला भरी विद्याथीृहरु अनलाइनबाट पठनपाठन गर्ने भएकोले हुकिंग नगरी पढन तथा मानवीय दुर्घटनाबाट बच्न समेत आग्रह गर्नुभयो । साथै हुकिंग नियन्त्रण गरी नियमित विद्युत आपूर्ति लिन उपभोक्ताहरुलाई अनुरोध समेत गर्नुभयो । चुहावत नियन्त्रण ऐन बमोजिम हुुकिंग गर्नेलाई कारबाही हुने तथा समाजिक प्र्र्रतिष्ठा समेत गुम्ने हुँदा समय सचेत हुन आग्रह गर्नुभयो ।

No description available.