मधेस प्याब्सनको सूचना – Jaleshwortoday

मधेस प्याब्सनको सूचना

 June 3, 2024  
Madhesh Pabsan copy

श्रीमान संस्थापकरप्रधानाध्यापक ज्यू ,
मधेस प्याब्सन अन्तर्गतका सबै सदस्य विद्यालयहरु,

विषय ः सहभागिताको लागि आमन्त्रणा

उपर्युक्त सम्बन्धमा मधेस प्याब्सन अन्तर्गतका सदस्य विद्यालयहरु वीच तपसिलको विषयमा अन्तर विद्यालय प्रतिस्पर्धा गर्ने गराउने निर्णय भएकोले तपसिलको मिति,समय तथा स्थानमा पुगी आ—आफ्ना विद्यार्थीहरु सहित संस्थापक वा प्रतिनिधि स्वयं अनिवार्य उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन सबैलाई हार्दिक निमन्त्रणा गरिन्छ ।

तपसिल

कार्यक्रमको नाम ः कथा लेखन (क्तयचथ ध्चष्तष्लन) (संदेशमूलक हुनुपर्ने )
शब्द संख्या ः २५० शब्द भन्दा बढी नबढाई ।
माध्यम ः अंग्रेजी
मिति ः २०८१ साल आषाढ १ गते,शनिवार ।
समय ः दिनको १ बजे ।
प्रवेश शुल्क ः रु.५००।— प्रति विद्यालय ।
सहभागिता ः कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरु मध्ये एक जना छात्र तथा एक जना छात्रा गरी जम्मा २ जना समावेश गराउनुपर्ने छ ।
पुरस्कार ः प्रथम,द्वितिय,तृतिय तथा सान्त्वना ।
दर्ता ः २०८१ साल जेष्ठ ३० गते बुधबार,५ बजेसम्म । साथै आ—आफ्ना विद्यालयको लेटर प्याडमा सहभागिहरुका नामाबलि सहितको चिठी समावेश गराउँनु पर्ने छ।
दर्ता स्थान ः ग्यालेक्सी सेकेण्ड्री स्कुल (ंद्द) को कार्यालय,बजरंग चौक (९८५४०२८०२४) ।
कार्यक्रम संयोजक ः केन्द्रिय सचिव पवन कुमार साह (९८२४८७७६२७,९८४४०२७९७१)
मेडिया पार्टनर ः जलेश्वर टुडे राष्ट्रिय दैनिक र www.jaleshwortoday.com (Online)

नोट ः विद्यार्थी तथा प्रतिनिधिको लागि खाजाको समेत व्यवस्था रहने छ ।

Signature Final - Copy
प्रा.पवन कुमार साह
केन्द्रिय सचिव,मधेस प्याब्सन

Madhesh Pabsan

Madhesh Pabsan copy