जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १ आषाढ
जनकपुरधाम, १ आषाढ
मधेस प्याब्सनको केन्द्रिय अध्यक्ष प्रा.अमरेन्द्र कुमार झाको अध्यक्षता तथा केन्द्रिय सचिव प्रा. पवन कुमार साहको संयोजकत्वमा ग्यालेक्सी स्कुल एवं कालेजको परिसरमा मधेस प्याब्सन अन्तर्गतका ११ वटा निम्न बमोजिमका सदस्य विद्यालयहरु वीच स्टोरी राइटिंग विषयमा अन्तरविद्यालय प्रतिस्पर्धा कार्यक्रम समपन्न गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिव शारदा सेकेण्ड्री विद्यालयको अभिभावक आषेश्वर चौधरीलाई आशन ग्रहण गराइएको थियो । अतिथिको रुपमा सबै सदस्य विद्यालयका प्रधानाध्यापक तथा संस्थापकहरुलाई आसन ग्रहण गराइएको थियो । कार्यक्रममा ११ जना छात्र तथा ११ जना छात्रा गरी जम्मा २२ जना विद्यार्थीहरु सहभागि भएका थिए । प्रमुख अतिथि,सदस्य विद्यालयहरु तथा निर्णायक मण्डलका सदस्यहरुलाई खाँदा,टीका तथा मायाको चिनोले सम्मान गरिएको थियो । सहभागि विद्यालयहरुलाई प्रशंसा पत्र तथा नवप्रवेशी विद्यालयहरुलाई सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो । सो कार्यक्रममा यशोदा प्रेम शिशु सदन महुवाको विद्यार्थी लिजा कुमारी शर्मा प्रथम,गैलेक्सी सेकेण्ड्री स्कुलको विद्यार्थी रोशनी महतो द्वितीय तथा चाइल्ड केयर ई.बो.स्कुलको विद्यार्थी आशिक राइन तृतिय भई कप तथा प्रमाण पत्र प्राप्त गरेका थिए भने अन्य सहभागि विद्यार्थीहरुलाई सान्त्वना पुरस्कार स्वरुप चोकोपन तथा प्रमाणपत्र समेत प्रदान गरिएका थिए ।
सहभागि विद्यालयहरु
1.Galaxy Secondary School(+2),
2.Gyan Ganga International Public School,
3.Aashutosh Shishu Aashram School,
4.Godawari Secondary School,
5.Holy Mission Residential Secondary School,
6.Shiv Sharda Secondary School, 7. Yashoda Prem Shishu Sadan,
8.Shikhar Sagarmatha Secondary English Boarding School,
9.Green Wood English Boarding School, 10. Child Care English Boarding School 11. Ma Budhanilkanth Montessori Eng. Boa.School

