जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २१ आषाढ
नेपाल सद्भावना पार्टीद्वारा जनकपुरधामको कलबार कुटीको सभाहलमा आयोजित
सद्भावना सम्बाद कार्यक्रमको विशेष अतिथिको रुपमा उपस्थित भएको पूर्व मन्त्री माननीय सरिता गिरीले मन्तब्य दिने क्रममा नेपाल सद्भावना पार्टी एक डाईनामाइट हो बताउनु भएको छ ।वहाँले नेपाल सद्भावना पार्टी मात्र एउटा पार्टी हो जसले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण,नागरिकता समस्याको समाधान,संघीयताको परिकल्पना तथा भाषा र भेषभुषाको बारेमा वकालत गरी मधेस र मधेसी लगायत आम नेपाली जनतालाई उपहारको रुपमा भेट चढाएको हो । वहाँले २०७२ सालको संविधानको बारेमा समेत टिप्पणी गदृै समावेशी न्याय र जनसंख्याको आधारमा प्रतिनिधित्व भन्ने अधिकार नेपालीलाई संविधानले सुनिश्चित गरे पनि यो पाउनबाट बञ्चित रहेकोले यसमा हाम्रो ध्यानाकर्षण भएको बताउनुभयो । वहाँले मधेस प्रदेशको बारेमा चिन्ता व्यक्त गर्दै एमाले र काँग्रेसले यस प्रदेशलाई कब्जा गर्न लागेको आरोप समेत लगाउनुभयो ।पार्टीको नेता राजदेव महतो,महासचिव पवन कुमार साह,केन्द्रिय सदस्य बुधन साह,मुरारी लाल कर्ण,दिप नारायण यादव,रामबाबु महतो,फुलप्रास देवी,मिथिला बिहारी नगरपालिका संयोजक गंगा यादव,धनुषा जिल्ला कोषाध्यक्ष इन्दिरा पाल लगायतका नेताहरुले पार्टीको सबलिकरण तथा पुर्नउत्थानको लागि आफ्ना साकारात्मक विचारहरु राखेका थिए ।
त्यसैगरी कार्यक्रमको अध्यक्षता गर्दै कार्यकारी अध्यक्ष राम कुमार महतोले नेपाल सद्भावना पार्टीमा अहिले राष्ट्रिय अध्यक्षमा पूर्व शिक्षा मन्त्री रामचन्द्र कुशवाहा,वरिष्ठ नेता तथा पूर्व मन्त्री सरिता गिरी,पश्चिमको पूर्व मन्त्री गोविन्द चौधरी,सर्वमाननीय नेता तथा पूर्व मन्त्री बद्रि मण्डल लगायतको सहभागिताले पार्टी अझै सशक्त तथा सबल भएको बताउनुभयो । वहाँले सबै नेता तथा कार्यकर्ताहरुलाई एक जुट भई मंसिर १ देखि ३ गतेसम्म वीरगञ्जमा चल्ने महाधिवेशनलाई सफल पार्न अहिले देखि नै काम गर्न निर्देशन दिनुभयो ।कार्यकारी अध्यक्ष महतोले सोही कार्यक्रममा पूर्व मन्त्री सरिता गिरीलाई माला,खादा,गमछाले सम्मान गरी वरिष्ठ नेताको मनोयन पत्र समेत प्रदान गरेका थिए ।
