जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १४ भाद्र
धनुषा जिल्लामा तीन दशक लामो समयदेखि सक्रिय सामाजिक विकास र अनुसन्धान केन्द्र (एसडीआरसी)को ३३औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
एसडीआरसीका अध्यक्ष मंजु कुमारी यादवको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन प्रदेशसभा सदस्य लखन दासले गरे गरे । उनले साधारणसभाको उद्घाटन गर्दै संस्थाले समाज उत्थानको क्षेत्रमा गरेको कार्य प्रशंसनीय रहेको बताए ।
तीन दशक लामो समयदेखि पछाडि पारिएका, दलित, विपन्नको उत्थानसहित समाजमा बालविवाह, दाइजो प्रथा, विपद् व्यवस्थापन लगायतको क्षेत्रमा उदाहरणीय कार्य गरेको नेता दासले बताए ।
आगामी दिनमा पनि समाजिक रुपान्तरणको लागि थप प्रभावकारी तरिकाले काम गर्नुपर्नेमा दासले जोड दिए ।
सो अवसरमा जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख संगिता ठाकुरले पनि संस्थाले सामाजिक रुपान्तरणको क्षेत्रमा गरेको योगदान उदाहरणीय रहेको बताइन् ।
संस्थाका संदस्य सुनिता यादवले स्वागत मन्तव्य राखेका साधारणसभामा गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य रामचन्द्र साहले पनि संस्थाको प्रगतिको कामना गर्दै आगामी दिनमा थप प्रभावकारी तरिकाले सामाजिक रुपान्तरणकोक काममा लाग्नुपर्नेमा जोड दिए ।
यस्तै गैसस महासंघका धीरेन्द्र बहादुर सिंहले एसडीआरसीले लामो समयदेखि सामाजिक उत्थानमा काम गर्दै आएकोप्रति बधाई ज्ञापन गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
एसडीआरसीका संस्थापक अध्यक्ष रामसिंह यादवले संस्थाले सामाजिक विकासको कार्य अगाडि बढाउन सहयोग गरेका दातृनिकाय र सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरे ।
सो अवसरमा संस्थाका सचिव सोनफी साहले एसडीआरसीले वर्ष दिनमा गरेको कामककाजको विवरण प्रस्तुत गरेका थिए । साधारणसभामा संस्थाका पदाधिकारी, सदस्य, सरोकारबाला संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा लगायतको उपस्थिति रहेको थियो ।
