स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता – Jaleshwortoday

स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता

 October 7, 2024  
1

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २० असोज

१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका छन् ।

सरकारले उपनिर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले १० देखि १६ असोजसम्म दल दर्ताको समय दिएको थियो ।

त्यस अवधिमा २५ राजनीतिक दल दर्ता भएका आयोगका नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

प्रमुख राजनीतिक दलहरु सबैजसो स्थानीय निर्वाचनमा भाग लिने गरी दर्ता भएका छन् ।

हेर्नुहोस् दर्ता भएका दलको सूचि