ज्ञान गंगाका विद्यार्थीहरुद्वारा हस्तकलाको प्रदर्शनी – Jaleshwortoday

ज्ञान गंगाका विद्यार्थीहरुद्वारा हस्तकलाको प्रदर्शनी

 October 26, 2024  
111

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १० कार्तिक

जनकपुरधाममा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलका विद्यार्थीहरुले शुक्रबार फ्राईडे कन्टेस्ट अन्तर्गत हस्तकलाको प्रदर्शनी गरेका छन् ।
सो विद्यालयकी शिक्षिका रोशनी यादवको निर्देशनमा गरिएको प्रदर्शनीमा विभिन्न कक्षाका २ दर्जन भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाएका थिए । सो विद्यार्थीहरु मध्ये कतिले हातले बनाइएका मोटो कागजको रंगीचंगी घरहरु बनाएका थिए भने कतिले पत्थरको त कतिले माटोको सामाग्रीहरु बनाएर प्रदर्शन गरेका थिए । सो मध्ये कक्षा ५ मा अध्ययनरत छात्र अंश ठाकुर प्रथम,कक्षामा १ मा अध्ययनरत छात्र लक्की ठाकुर द्वितिय तथा कक्षा ३ मा अध्ययनरत छात्र पुष्कर ठाकुर तृतिय भएका थिए । सो विद्यार्थीहरुलाई आकर्षक पुरस्कार प्रदान गरी प्रोत्साहित गरिएका थिए भने सो मुल्याँकन कार्यमा वरिष्ठ शिक्षक सरोज झा,विवेकानन्द झा तथा शिक्षक जय मिश्रले सघाएका थिए । प्रधानाध्यापक प्रा.पवन कुमार साहले विद्यार्थीहरुका कलाको प्रशंसा गर्नुभएका थिए ।