जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २५ बैशाख
सेवाश्रम नेपालद्वारा संचालित हाजिरीजबाफ प्रतियोगिताको १८ औं पुरस्कार वितरण कार्यक्रममा उपेन्द्र यादव प्रथम भएको छ ।
पूर्व जि.शि.अ.रामबृक्ष साहको प्रमुख आतिथ्य,राममिलन यादव तथा रामभरोस यादवको विशिष्ट आतिथ्य र दानिकान्त झाको अध्यक्षतामा संचालित हाजिरीजबाफ प्रतियोगिता कार्यक्रममा उपेन्द्र यादव प्रथम,शिवम साह द्वितिय,शिवलाल साह तृतिय,संजिव महतो चतुर्थ,उज्जवलजी उन्नति पञ्चम,प्रमिला कुमारी यादव छैठौं,उत्कृष्टजी उपमा सातौं,रौनक मण्डल आठौं तथा शैलेन्द्र यादव नवम स्थान ओगटी विभिन्न परिमाणको रिचार्ज भाउचर तथा आकर्षक उपहार प्राप्त गर्न सफल भएका थिए । कार्यक्रममा सामेल हुनको लागि मोबाइल नं. ९७६२३०५६२३ मा सम्पर्क गर्न सकिने आयोजकले बताए ।
