विद्यालय खोलाउन संस्थागत विद्यालय एकजुट – Jaleshwortoday

विद्यालय खोलाउन संस्थागत विद्यालय एकजुट

 August 17, 2021  
School

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३२ श्रावण
जनकपुरधाममा करिब ५ महिनादेखि बन्द रहेका नीजि विद्यालय खोलाउनको लागि संस्थागत विद्यालयका संचालकहरु एकजुट भएका छन् ।
विद्यालय संचालन नभएर विद्यार्थीहरुको भविष्य संकटमा परेकोले यथासिघ्र विद्यालय संचालन गराउनको लागि सबै संस्थागत विद्यालयहरुले एकजुट भएर यहाँको स्थानिय सरकार तथा अन्य निकायहरुसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको प्याब्सनको नगर अध्यक्ष संजिव स्वामिले बताउनुभयो । नेपाल सरकारले सबै निकाय खोले पनि विद्यालयलाई मात्र बन्द गरेर राख्नु यो ज्यादै नै विभेदपूर्ण रहेको नेपाल प्याब्सन जिल्ला सचिव मुरारी लाल कर्णले बताउनुभयो । त्यसैगरी स्वास्थ्य मापदण्ड पुरा गरेर कक्षा प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यालयहरु सिघ्र संचालन गराउनुपर्ने आवश्यकता रहेको नेपाल प्याब्सनको नगर सचिव पवन कुमार साहले बताउनुभयोे ।