जनकपुरधाममा उपमेयर–कर्मचारी विवाद वार्ता मार्फत समाधान, उपमेयर साहको सार्वजनिक क्षमायाचना – Jaleshwortoday

जनकपुरधाममा उपमेयर–कर्मचारी विवाद वार्ता मार्फत समाधान, उपमेयर साहको सार्वजनिक क्षमायाचना

 September 24, 2025  
1

ओपी साह
जनकपुरधाम, ८ असोज

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह र कर्मचारी बीच उत्पन्न विवाद अन्ततः वार्ता मार्फत समाधान भएको छ।

उपमेयर साहले कर्मचारीप्रति अमर्यादित शब्द प्रयोग गरेको भन्दै सयौं कर्मचारी विरोधमा उत्रिएका थिए। कर्मचारी आन्दोलनले वातावरण तनावपूर्ण बनेको भए पनि आज बुधबार भएको वार्तापछि दुवै पक्षबीच सहमति जुटेको हो।

वार्तापछि उपमेयर साहले आफ्नो व्यवहारले कर्मचारीको मन दुखेको स्वीकार गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका नगरपालिका भण्डारण महाशाखा प्रमुख गणेश यादवले राष्ट्रिय आवाज लाई जानकारी दिए। सो सँगै कर्मचारीहरूले विरोध कार्यक्रम फिर्ता लिई भोलिदेखि नगरपालिकाको सबै सेवा सुचारु हुने जनाएका छन्।

यस घटनाले उपमहानगर भित्र जनप्रतिनिधि र कर्मचारीबीच आपसी सहकार्य, शिष्टाचार र सहमतिमा काम गर्नुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।