" >
जलेश्वरमा राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम समुदघाटन - Jaleshwortoday

जलेश्वरमा राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम समुदघाटन

 २२ कार्तिक २०८२, शुक्रबार ००:१६  
2

आरजे इर्शाद शेख

जलेश्वर, २० कार्तिक

जलेश्वर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा स्वास्थ्य कार्यालय महोत्तरीको सहयोगमा सञ्चालन भएको कार्यक्रमअन्तर्गत ६ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्ष देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि (अलवेन्डाजोल ट्याब्लेट) वितरण अभियान आजदेखि सुरु गरिएको छ । कार्यक्रम मिति २०८२ कार्तिक २० र २१ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको शुभारम्भ जलेश्वर नगरपालिका–१ स्थित आधारभूत स्वास्थ्य केन्द्र जलेश्वरमा नगर प्रमुख सुरेश साह सोनारको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवको प्रमुख आतिथ्यतामा गरियो।

उक्त अवसरमा वडा अध्यक्ष अनिल झा, प्रहरी उपरीक्षक हेरम्ब शर्मा, सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारी, अनुसन्धान कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक चन्दन झा, जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवल किशोर साह, स्वास्थ्य कार्यालय महोत्तरीकी पोषण फोकल पर्सन प्रतिभा सिंह, संजय कुमार शर्मा, रामलाल ठाकुरलगायतको उपस्थिति रहेको थियो ।

वक्ताहरूले बालबालिकाको शारीरिक विकास र रोग प्रतिरोधात्मक क्षमतामा भिटामिन ‘ए’ र जुकाको औषधिको अत्यन्त महत्वपूर्ण योगदान रहेको बताउँदै अभिभावकहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरे ।
स्वास्थ्यकर्मीहरूले वितरण कार्यक्रम २० गते र २१ गतेका दिन सम्पूर्ण वडास्तरका स्वास्थ्य केन्द्रहरूबाट सञ्चालन हुने जानकारी दिएका छन्।