मधेस प्रदेशमा औद्योगिक क्रान्तिको आवश्यकता रहेको देखिन्छ । यस प्रदेशमा उद्योग तथा कलकारखानाहरु सिमित मात्रामा केहि जिल्लाहरुमा मात्र परम्परागत रुपमा सिमित रहेको देखिन्छ । बढदो जनसँख्या तथा बेरोजगारीको सामाधानको रुपमा औद्योगिकीकरण प्रत्येक जिल्लामा गरिएन भने आउने केहि वर्षहरु मै नेपालमा झन आर्थिक संकट मिम्तिने पक्का देखिन्छ । किनभने अहिले पनि नेपालमा बिजुली तथा केहि खाद्य सामाग्री बाहेक निर्यातका सामानहरु छदै छैन । यस परिवेशमा मधेस त झन् पछाडी रहेको देखिन्छ । मधेसमा विभिन्न उद्योग तथा कलकारखानाहरु संचालन गर्ने गराउने सम्भावनाहरु रहे पनि मधेस सरकार आफैं अस्थिर रहेका कारण यहाँ औद्योगिक विकासले फड्को मार्न सकेका छैनन् । यस प्रदेशको वर्तमान उद्योग मन्त्रालयले अन्य कार्यहरुमा नअल्झी उद्योग तथा कलकारखाना स्थापनामा मधेसबासीको ध्नाकर्षण गराउन विभिन्न किसिमले प्रयास गर्न आवश्यक रहेको देखिन्छ । औद्योगिक वातावरण बनाउनको लागि सहुलियत अनुदान तथा ऋणको समेत व्यवस्था गर्न गराउन आवश्यक रहेको देखिन्छ । जिर्ण तथा बन्द अवस्थामा रहेको पुरानो उद्योगहरुलाई समेत सुचारु गर्न जरुरी छ।
