सम्पादकीयः लोकललाई भोकल बनाऊ – Jaleshwortoday

सम्पादकीयः लोकललाई भोकल बनाऊ

 August 7, 2026  

लोकललाई भोकल बनाउन आवश्यक रहेको देखिन्छ । यो महत्वपूर्ण कार्य कुनै पनि क्षेत्रमा लागु हुन सक्दछन् । लोकल भनेको स्थानीय स्रोत तथा साधनहरु हुन् भने भोकल भनेको यी स्रोत तथा साधनहरुलाई अधिकतम उपयोग गरी यिनीहरुको महत्वलाई स्थानीय,प्रदेश,समग्र देश तथा विदेशमा समेत फैलाउनु बुझिन्छ । यो शब्दहरु भारतको वर्तमान भाजपाको प्रधानमन्त्री मोदीले आफ्ना नागरिकहरुलाई सम्बोधन गर्ने क्रममा प्रयोग गर्नु भएका थिए । भारत र नेपालको परिवेश तथा मौलिकतमा धेरै फरक नभई अनेकन समानताहरु छन् । त्यसकारण धेरै कुराहरु हामी अरुबाट पनि सिकेर अघि बढेका हुन्छौं । अहिले महोत्तरी जिल्लाको प्रमुख केन्द्र मानिने जलेश्वर र त्यहाँ स्थापित जलेश्वरनाथको मन्दिरलाई भोकल बनाउन आवश्यक रहेको देखिन्छ । श्रावण महिनाको सोमबारीको दिन स्थानीय केहि युवाहरुले जनकपुरधामको दुधमति नदिबाट जल ल्याई जलेश्वरनाथ महादेवको महाशिव लिंगमाथि अर्पण गर्नुले लोकललाई भोकल बनाएको भन्दा कसैको दुई मत नहोला । यसै गरी सबै जनाले आ—आफ्ना ठाउँका यस्तै ओझेलमा परेका धार्मिक,साँस्कृतिक,सामाजिक लगायत अन्य क्षेत्रको विकासको लागि आफैले शूरुवात गर्न जरुरी छ ।