सम्पादकीयः शिवभक्तजनलाई सुस्वागतम् – Jaleshwortoday

सम्पादकीयः शिवभक्तजनलाई सुस्वागतम्

 August 9, 2026  

श्रावण महिनालाई भगवान शिवको विशेष पुजाआजाको महिना हाम्रो हिन्दु शास्त्र अनुसार रहेको छ । विशेष गरी यस महिनामा बाबा भोलालाई कुनै पनि दिन जल अर्पण गरी पुजाआजा गर्ने भनिए पनि सोमबारलाई विशेष महत्वको रुपमा शिवभक्तजनले मानि यस दिन बाबा शिवको शिवालयहरुमा पँक्तिबद्ध भई बाबालाई पवित्र नदि वा तलाऊको जल अर्पण गरी विशेष पुजाआजा गर्ने गरिन्छ । महोत्तरी जिल्लाका प्रमुख शिवालयहरुमा बाबा जलेश्वरनाथ,मंगलनाथ,पिपरेश्वरनाथ,शुकदेश्वरनाथ,टुटेश्वरनाथ आदि पर्दछन् भने धनुषा जिल्लाका शिवालयहरुमा बाबाकपिलेश्वरनाथ,क्षिरेश्वरनाथ,कुपेश्वरनाथ,भुतनाथ आदि पर्दछन् । यसैगरी मधेस प्रदेशका ८ वटै जिल्ला सहित लंगुरखोला,हलेसी महादेव,पशुपतिनाथ स्थापित ठाउँका शिवालयहरु सहित स्थानीय शिवालयहरुमा समेत श्रावण महिना भरी विशेष पुजाआजा गर्ने गरीन्छ । त्रिलोकीनाथ शिव र माता पार्वतिको सँगै पुजाआजा गरी शिवभक्तजनहरु विशेष आशिर्वाद प्राप्त गर्न शिवालयहरुमा पुग्ने गर्दछन् । भारतको बिहार राज्यको बैद्यनाथधाम-बाबाधाम) समेत नेपाली शिवभक्तजनहरुको बाक्लो उपस्थिति यस महिनामा देख्ने गरिन्छ । शिवभक्तजनहरुलाई विशेष स्वागत तथा आतिथ्य सत्कारका लागि शिवालयहरुलाई रंगीचँगी बनाइनुका साथै विशेष व्यवस्थापन गरिएका हुन्छन् । ओम नमः शिवायः ।