मो. इर्शाद
महोत्तरी, २४ भाद्र
नापी कार्यालय महोत्तरीले साविकको कोल्हुवा बगेया गाविसका वडा नम्बर ५, ६, ७ र ८ अन्तर्गतका २सय ७५ जना जग्गाधनीलाई लालपुर्जा वितरण गरेको हो ।
लामो समयदेखि चलन गर्दै आएर अहिले पनि कानूनी रुपमा स्वामीत्व प्राप्त गर्न नसकेका धेरै व्यक्ति छुटेको र आवश्यक प्रकृया पूरा गरेर आए आफूहरु लालपूर्जा प्रदान गर्न सदैव तयार रहेको नापी कार्यालय महोत्तरीका प्रमुख राजुकुमार दुवेदीले बताउनु भयो ।
निवेदन नपरको वा वडाबाट सिफारिश हुन नसकेकाहरुको लालपूर्जा वितरण हुन नसकेको उहाँले स्पष्ट पार्नुभयो ।
लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपत्र नपाएका स्थानीयवासीलाई लालपुर्जा उपलब्ध गराउन पाउँदा आफूहरु हर्षित रहेको एकडारा गाउँपालिका ६का वडाध्यक्ष श्याम चौधरीले बताउनुभयो । उहाँले भोगचलन गर्दै आएपनि कानूनी रुपमा स्वामीत्व नरहेकाले समस्या हुँदै आईरहेकाले नापी कार्यालयको समन्वयमा लालपूर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
वडाध्यक्ष, एकडारा गाउँपालिका ६, महोत्तरी
लामो समयदेखि गाउँ ब्लकको जग्गाको स्वामित्व प्रमाणपत्रको प्रतीक्षामा रहेका स्थानीय लालपुर्जा पाएसँगै आफूहरूको वर्षौंदेखिको समस्या समाधान भएको प्रतिक्रिया दिएका छन् । तर कतिपय जग्गामा आवेदन परिसकेकाले ती जग्गाहरुबाट आवेदन फिर्ताको वातावरण बनााइ दिन समेत स्थानीयले आग्रह गरे ।
लालपुर्जा वितरण कार्यक्रममा संघीय सांसद दीपक साह, प्रदेशसभा सदस्य सुरिता साह, प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, पालिका अध्यक्ष दीप नारायणन मण्डल सहितको उपस्थिति रहेको थियो ।
