पवनकुमार साह
महोत्तरी, २० असोज

महोत्तरीको बर्दिबासमा मंगलबार श्री मध्य पूर्वी पृतना हे.क्वा.को सभाहलमा संचालित रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रमको उद्घाट्न समारोह समपन्न भएको छ ।

यस उद्घाट्न समारोहको प्रमुख अतिथि पृतनापति उपरथी भुवन खत्रीले मधेस प्रदेशका ८ वटा जिल्लाहरु तथा वागमति प्रदेशका ३ वटा जिल्लाहरु रामेछाप,दोलखा र सिन्धुली गरी ११ जिल्लाबाट उपस्थित १ जना महिला सहित २१ जना पत्रकारहरुलाई तालिमको सफलताको शुभकामना व्यक्त गर्नु भएको छ । पृतनापति खत्रीले नेपाली सेना र संचारकर्मीहरु वीचको परस्पर सम्बन्धबाट नै देशको विकासमा टेवा पुग्ने बताउनु भएको छ । उद्घाटन पश्चात फरक फरक प्रशिक्षकहरुले नेपाली सेनाको ऐतिहासिक पृष्ठभूमि,सैनिक जिवनमा कल्याणकारी कोष,नेपाली सेनाले गर्ने काम,नेपाली सेनाको योगदान,नेपाली सेनाको सामाजिक उत्तरदायित्व,संचारकर्मीहरुको आचारसंहिता लगायतका विषयहरुमा केन्द्रित भई सहभागिहरुलाई पहिलो दिन प्रशिक्षित गरिएको छ ।

रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम मंगलबार शुरु भई असोज २३ गते शुक्रबार समापन भई उपस्थित सहभागि संचारकर्मीहरुलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।

प्रशिक्षक तथा वरिष्ठ पत्रकार बृज किशोर यादवलाई मायाको चिनोले सम्मान समेत गरिएको थियो ।

