नेपाल सद्भावना पार्टीद्वारा स्व. गजेन्द्र नारायण सिंहको २१ औं स्मृति दिवसको अवसरमा गजेन्द्र दिवसको रुपमा मनाउन तथा सार्वजनिक बिदा दिन मुख्यमन्त्रीलाई ज्ञापनपत्र – Jaleshwortoday

नेपाल सद्भावना पार्टीद्वारा स्व. गजेन्द्र नारायण सिंहको २१ औं स्मृति दिवसको अवसरमा गजेन्द्र दिवसको रुपमा मनाउन तथा सार्वजनिक बिदा दिन मुख्यमन्त्रीलाई ज्ञापनपत्र

 January 24, 2022  
Gajendra Diwas

जलेश्वरटुडे समाचारदाता
धनुषा, ९ माघ

स्व.गजेन्द्र नारायण सिंहको २१ औं स्मृति दिवसको अवसरमा गजेन्द्र दिवसको रुपमा मनाउँन तथा सो दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिन मुख्यमन्त्री लाल बाबु राउतलाई नेपाल सद्भावना पार्टी(नेसपा)को केन्द्रिय अध्यक्ष राम कुमार महतोले ज्ञापनपत्र बुझाएका छन् ।
मधेस पिता महापुरुष तथा मातृभूमि मधेसको सच्चा सपुत स्व.गजेन्द्र नारायण सिंहको माघ १० गते सोमबार वार्षिक पुण्य तिथि कार्यक्रम गजेन्द्र दिवसको रुपमा मधेस प्रदेशमा सार्वजनिक बिदा दिनको लागि ज्ञापनपत्र बुझाइएको विज्ञप्तिमा उल्लेख छ । मधेसको जननी तथा शान्तिको पुजारी मधेस पिता स्व. सिंह(गजु बाबु)को सपना पुरा गर्नको लागि मधेसकै उर्वरा भूमिमा जन्म लिएको नेपाल सद्भावना पार्टीको अध्यक्ष महतो,नेसपा महासचिव नागेन्द्र सिंह,मधेस प्रदेश युवा सञ्जालको अध्यक्ष राज कुमार चौधरी,धनुषा जिल्ला अध्यक्ष मुरारी लाल कर्ण, उपाध्यक्ष आशिष गुप्ता लगायतको नेताहरुको समुहले सो ज्ञापनपत्र बुझाएका थिए ।
२१ औं स्मृति दिवस कार्यक्रम धनुषा बार एसोसिएशनको सभा हाँलमा दिउँसो १ बजे देखि संचालन हुने तथा सम्बन्धीत अन्य विभिन्न मधेसबादी दलहरुलाई समेत पत्राचार भईसकेको नेसपा महासचिव सिंहले जानकारी गराउनुभयो । यस कार्यक्रममा विभिन्न जिल्लाका नेसपा नेताहरुको समेत संलग्नता रहने बुझिएको छ ।