२० देशका लागि राजदूत सिफारिस,मधेस प्रदेशबाट डा.रामस्वार्थ राय यादव चयन – Jaleshwortoday

२० देशका लागि राजदूत सिफारिस,मधेस प्रदेशबाट डा.रामस्वार्थ राय यादव चयन

 April 8, 2022  
Ray

जलेश्वरटुडे समाचारदाता
धनुषा, २४ चैत्र

नेपाल सरकारको मन्त्रि परिषद् बैठकले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको छ । जसमध्ये मधेस प्र्रदेशबाट प्रा.डा. रामस्वार्थ राय यादवलाई डेनमार्कको लागि चयन गरिएको छ । निजले एक चोटी अझै राजदुत बन्ने सिफारिस भए पनि राजनैतिक उथलपुथलका कारण सो निर्णय बदर भएको थियो । ढिलै भए पनि वहाँले फेरी राजदुत बन्ने भएको घोषणा साथ सबैमा खुशीयाली रहेको निकटका साथीहरुले बताएका छन् ।

May be an image of 4 people, people standing and text

बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जना राजदूत नियुक्तिका लागि सिफारिस गरेको मन्त्री विरोध खतिवडाले जानकारी दिए । राजनीतिक दलबाट सिफारिस भएका राजदूतमा नवराज सुवेदी, डा. रामस्वार्थ राय यादव, नरेश विक्रम ढकाल,ज्योति प्याकुरेल, कान्ता रिजाल, डिल्लीराज पौडेल, कैलाश पोखरेल, मिलन तुलाधर (रुस), शर्मिला पराजुली ढकाल,वासुदेव मिश्र, दानबहादुर तामाङ र विष्णुपुकार श्रेष्ठ (चीन) रहेका छन् ।त्यस्तै परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी जापान, निर्मला काफ्ले, भरतकुमार रेग्मी, सुशीलकुमार लम्साल, डोरनाथ अर्याल, तीर्थ राज वाग्ले, हरिषचन्द्र घिमिरे र घनश्याम भण्डारी राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।साल, डोरनाथ अर्याल, तीर्थ राज वाग्ले, हरिषचन्द्र घिमिरे र घनश्याम भण्डारी राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।