बच्चा चोरदेखि सावधान रहौं – Jaleshwortoday

बच्चा चोरदेखि सावधान रहौं

 September 13, 2022  
Jaleshwor Today Editorial

अहिले तराई मधेस लगायत विहारमा समेत बच्चाको चोर हल्ला जोरशोरले बढेको बखतमा अभिभाकहरुले आ—आफ्ना बच्चाहरुलाई विशेष निगरानीमा राख्न आवश्यक रहेको देखिन्छ । विभिन्न ठाउँहरुबाट खास गरी महिलाहरु नै समातिएकोले महिला बच्चा चोरहरुबाट सजग रहन आवश्यक रहेको देखिन्छ । तर अहिलेसम्म महोत्तरीमा समातिएका महिला चोरहरुमा अधिकाँश मगज विग्रेका महिला तथा तेस्रो लिंगीहरु रहेको र अन्तिम अनुसन्धानबाट कुनै पनि किसिमको बच्चा चोर सम्बन्धी प्रमाण भेटिएका छैनन् । अन्य जिल्लाहरुमा समेत यस्ता हल्ला देखिएकोले प्रहरीले ठाउँ—ठाउँबाट शंकास्पद व्यक्तिहरुलाई समातेर अनुसन्धान गरिरहेका छन् । परिणाम जे जस्तो आए पनि आफ्नो बालबालिकाको निगरानी स्वयं अभिभावक वा पढने विद्यालयले गर्न आवश्यक रहेको देखिन्छ ।